काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकलाई युक्रेनको दिशामा घिसार्ने कालो सपनाहरू मडारिइरहेको दाबी गरेका छन्।
आइतबार नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘नेपाल पेचिलो अवस्थामा उभिएको छ। भूराजनीतिक हिसाबले ठूलो दबाबमा छ भन्ने कुरा हामीलाई थाहा छ । आज सम्पूर्ण कुतत्वहरूको आँखा नेपालमा परिरहेको छ। जियोपोलिटिक्समा युक्रेनको दिशामा घिसार्ने कालो सपनाहरू मडारिरहेको देख्छौँ।’
साथै, एकीकृत समाजवादीजस्तो दुईवटा प्रधानमन्त्री भइसकेको पार्टी अर्को नभएको बताए। ‘सायद दुईवटा प्रधानमन्त्री भएको पार्टी यही नै होला। यो ऐतिहासिक भूमिका निर्वाह गरेर आउनुभएका व्यक्तित्व हुनुहुन्छ,’ उनले भने।