Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

विपीनको रिहा हुने सूचीमा आधिकारिक नाम आएको छैनः राजदूत पण्डित

विपीनको रिहा हुने सूचीमा आधिकारिक नाम आएको छैनः राजदूत पण्डित

काठमाडौं । प्यालेस्टाइनको सशस्त्र समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशी रिहा हुन लागेको खबर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताले विपीन रिहा हुन लागेको भन्दै दुईवटा सूचना स्रोतलाई आधार मानेको देखिन्छ ।

विपीन जोशीको नाम लेखिएको एउटा स्क्रिनसट, जसलाई हमासको बन्धनबाट रिहा हुनेहरूको ५८औँ नम्बरमा विपीनको नाम रहेको दाबी गरिँदै छ ।

Subisu

अर्को इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले विपीन रिहा हुन लागेको समाचार लेखेको छ । ५८औँ नम्बरमा विपीनको नाम लेखिएको स्क्रिनसट हमासको बन्धनबाट मुक्त हुनेहरूको सूची होइन । हमासको बन्धनमा परेकाहरूका परिवार र आफन्तजनहरूले ‘होस्टेज एन्ड मिसिङ फ्यामिली फोरम’ नामको एउटा संस्था खोलेका छन् । उक्त संस्थाले ‘स्टोरिज डट ब्रिङ देम होम नाऊ डट नेट’ नामको वेबसाइट चलाउँछ ।

यस वेबसाइटमा हमासले बन्धक बनाएकाहरूको नाम, फोटो र उनीहरूका परिवारको भनाइ राख्ने गरिन्छ । रिहा हुनेहरूको ५८औँ नम्बरमा विपीन जोशीको नाम लेखिएको भन्दै सामाजिक सञ्जालमा हालिएको स्क्रिनसट यही वेबसाइटबाट लिइएको हो ।

यस वेबसाइटले हमासको बन्धनमा रहेकाहरूको सूची निकालेको छ । सूचीको ५८औँ नम्बरमा विपीन जोशीको नाम लेखिएको छ ।
अर्कोतर्फ, इजरायली समाचार संस्था टाइम्स अफ इजरायलले विपीन रिहा हुँदै भनेर समाचार लेखेको छैन । स्थानीय समयअनुसार २९ जनवरी साँझ ९ः१८ बजे टाइम्स अफ इजरायलले पाँच थाई नागरिकसहित तीन इजरायली रिहा हुँदै भनेर समाचार लेखेको छ ।

उक्त समाचारमा तीन इजरायली र पाँच थाई नागरिक रिहा हुन लागेको लेखिएको छ । रिहा हुने पाँच थाई नागरिकको नाम भने सार्वजनिक नभएको समाचारमा उल्लेख छ । समाचारमा लेखिएको छ, “गाजामा एक नेपाली र एक तान्जानियनसहित आठ थाई बन्धकहरू अझै छन् ।“

उता इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मिडियामा आयजस्तो विपीनको रिहा हुने सूचीमा आधिकारिक नाम नआएको बताउँछन् ।

उनले मिडियाले अनावश्यक रूपमा विपिन छुट्न लागेको भन्दै प्रचार गरेकोमा आक्रोश समेत पोखेका छन् । गाजामा युद्धविरामपछि पहिलो दिन तीन जना बन्धक छुटेका थिए भने दोस्रोपटक चारजना छुटेका थिए । बिहीबार थप तीन जना इजरायली नागरिकसहित पाँच जना थाई नागरिक छुट्दैछन् ।

दुई जना थाई नागरिक मारिसकिएको भनिएको छ । उनीहरूको शव कहिले आउँछ भन्ने खुलेको छैन । उनका अनुसार आजको रिहाइपछि अहिलेसम्मको हिसाबमा हमासको कब्जामा अब बाँकी विदेशीमा दुई जना रहने छन् । जसमा एक जना थाई र एक जना नेपाली छन् । उनीहरूको रिहाइको बारेमा अहिलेसम्म हामीलाई आधिकारिक जानकारी प्राप्त भएको छैन ।

उनले भने,‘विपीनबारे खबर भाइरल भएपछि धेरैले मलाई यसबारे सोधखोज गर्नुभयो । त्यसपछि मैले पनि बुधबार राति नै इजरायलको प्रधानमन्त्री कार्यालयअन्तर्गत बन्दीसम्बन्धी मामिला हेर्ने सल्लाहकारलाई फोन गरेँ । उहाँले फोन उठाउनुभएन । पछि म्यासेज गर्दा उहाँले ‘सरी वी डन्ट ह्याभ एनी अपडेट अनटिल नाउ’ भनेर जवाफ फर्काउनुभयो । ’

उनले थपे, ‘शनिबारबारसम्म अर्को लट छाड्छ रे । हामी त्यसको वेटिङमा छौँ । विपिनको अवस्थाबारे हामीसँग थप प्रमाण र औपचारिक जानकारी नभएको हुनाले त्यसै बोल्ने कुरा भएन ।’

उनले विपिन जोशीको प्रतीक्षामा सिंगो देश नै स्वागत गर्न आतुर रहेको भन्दै अहिलेसम्म रिहा हुने सूचीमा आधिकारिक रूपमा नाम नआएको बताए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host