काठमाडौं । अनेमसंघ भिमफेदी गाउँ पालिकाको तेस्रो सम्मेलन भिमफेदीमा सम्पन्न भएको छ। निर्मला थापाको अध्यक्षता तथा अनेमसंघ केन्द्रीय सदस्य क.पार्वती रानाको प्रमुख आतिथ्यता सम्मेलन सम्पन्न भएको हो । कार्यक्रममा भगवती पुडासैनी, सुमित्रा काफ्ले, रिता आले, चेतकुमारी पुडासैनी, सिताराम थापा लगायतको उपस्थिति रहेको थियो ।

सम्मेलनले सरिता परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा पम्फा योन्जन, सचिवमा कल्पना पाख्रिन, सहसचिवमा आशिका सिंजाली, कोषाध्यक्षमा मखमली राना र अन्य सदस्यहरु गरी २५ सदस्यीय भिमफेदी पालिका कमिटी सर्वसहमत चयन गरिएको छ ।












