एजेन्सी । भारतले पाकिस्तानसँगको मुख्य सीमा नाका बन्द गरेको छ । कश्मीरको पर्यटकीयस्थलमा बन्दुकधारीहरूले दुई दर्जनभन्दा बढी सर्वसाधरणलाई मारेको एक दिनपछि भारतले पाकिस्तानलाई लक्षित गर्दै यो कदम उठाएको बीबीसीले जनाएको छ ।
यस अन्तर्गत दुई देशलाई जोड्ने मुख्य सीमा नाका बन्द गर्ने, ऐतिहासिक जलवितरण सन्धि निलम्बन गर्ने, पाकिस्तानी कुटनीतिक कर्मचारीहरूलाई निष्कासन गर्ने र केही पाकिस्तानी भिसा भएकाहरूलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिनेलगायत कदम समावेश रहेको समाचारमा उल्लेख छ ।
पाकिस्तानी अधिकारीहरूले आक्रमणमा देशको संलग्नतालाई अस्वीकार गरेको छ । साथै भारतको सो कदमविरुद्ध बिहीबार आफ्नो प्रतिकारात्मक कदम चाल्ने बताएको पाकिस्तानी विदेशमन्त्रीले जानकारी दिएका छन् ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



