काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशभरका २२ वटा स्थानीय तह र २६ वटा अस्पतालसँग स्वास्थ्य बीमा सेवा सम्झौता गरेको छ। स्वास्थ्य बीमा ऐन २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा ६ अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा स्वास्थ्य संस्था रहने व्यवस्था गरिएको छ। सोही प्रावधानअनुसार सम्झौता विस्तार गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार नयाँ सम्झौतासँगै बोर्डअन्तर्गत प्रथम सेवा बिन्दु ४१७ र प्रेषण केन्द्रसहित जम्मा ५०२ स्वास्थ्य संस्था पुगेका छन्। हालसम्म प्रथम सेवा बिन्दु भएका स्थानीय तहको संख्या ३७६ पुगेको छ।













