काठमाडौं । देशभर जारी अबिरल वर्षाका कारण बाढी र पहिरोले ६ वटा प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेका छन्। नेपाल प्रहरीले सोमबार बिहान ९ बजे अद्यावधिक गर्दै बाढी, पहिरो र सडक कटानका कारण सडक यातायातमा व्यापक असर परेको जनाएको छ।
प्रहरीको अनुसार पूर्वदेखि पश्चिमसम्मका विभिन्न सडकखण्डमा ठूला अवरोध देखिएको छ। संखुवासभाको कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, र तमोर–कोरिडोर पूर्णरूपमा बन्द छन्। यी क्षेत्रहरूमा सडक भासिएको वा ठूला पहिरो खसेको जनाइएको छ।













