काठमाडौं । बझाङमा विपद्का बेलामा गरिने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।
सोमबार बिहान केदास्यु गाउँपालिका–७ का २९ वर्षीय नरेन्द्रसिंह धामीको मृत्यु भएको हो । सदरमुकाम चैनपुर नजिकै सेती नदीमा भइरहेको अभ्यासका क्रममा धामी बेहोस भएका थिए। पछि उनलाई अस्पताल लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त टोली १० दिनदेखि अभ्यास गरिरहेको थियो।