Outline Khabar
शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
                                                       
No Result
View All Result

सातै प्रदेशको बजेट सार्वजनिक : कुन प्रदेशको कति ?(पूर्णपाठ)

सातै प्रदेशको बजेट सार्वजनिक : कुन प्रदेशको कति ?(पूर्णपाठ)

काठमाडौं । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गरेका छन्। प्रदेश सरकारहरुले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायत क्षेत्रलाई प्राथमिकता दिएर नयाँ आर्थिक बर्षका लागि बजेट ल्याएका हुन् । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेशहरुले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याइएको हो ।

कोशी प्रदेशको बजेट३५ अर्व २७ करोड

Subisu

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्व २७ करोड ९३ लाख बजेट पेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामवहादुर मगरले आज चालु आर्थिक वर्ष २०८० / ८१ बजेट भन्दा करिव एक अर्व कमको बजेट सार्वजनिक गरेका हुन्। मन्त्री मगरले आगामी आर्थिक वर्षको बजेटमा कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएका छन् ।

मधेश प्रदेशको बजेट ३१ अर्ब ३४ करोड

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ३४ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ । मधेश प्रदेश सरकारका अर्थमन्त्री भरत प्रसाद शाहले प्रदेश सभामा पेश गरेको बजेटमा चालुतर्फ १५ अर्ब २२ करोड र पूँजीगततर्फ १६ अर्ब १२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए । बजेटमा कृषियोग्य भूमिको सदुपयोग, निर्वाहमुखी खेती प्रणालीललाई व्यवसायिक बनाउने, रोजगारी सृजना गर्ने विषय प्राथमिकतामा राखिएको अर्थमन्त्री शाहले बताए ।

बागमती प्रदेशको बजेट ६४ अर्व ५४ करोड

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्व ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्व १० करोड १६ लाख ८२ हजार र पुँजिगततर्फ ३६ अर्व ९३ करोड ८७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री थपलियाले जानकारी दिए । गतवर्ष बागमती प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाख रुपैयाँ को बजेट ल्याएको थियो ।

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा झण्डै ४५ करोड रूपैयाँले कम हो । आर्थिक मामिलामन्त्री टकराज गुरूङले आज बजेट सार्वजनिक गर्दै प्रदेशमा दूध, अण्डा ,तथा माछा उत्पादन वृद्धि गर्दै निर्यात प्रवद्र्धनका लागि विभिन्न व्यवस्था गरी त्यसका लागि बजेट विनियोजन गरेका छन् ।

लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड
यसैबीच, लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार र पुजीगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै उच्च र दिगोे आर्थिक वृद्धिसहितको आर्थिक स्थायित्वमा जोड दिइएको छ । त्यस्तै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच, भौतिक पूर्वाधारको परिमाण र गुणस्तर अभिवृद्धि गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड

त्यस्तै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट पेश गरेको छ । जसमध्ये पुँजीगत तर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालु तर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले पेश गरेको बजेटमा मुख्यमन्त्री रोगजार कार्यक्रमका लागि १ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कर्णाली प्रदेश सरकारले ३ सय ७० विद्यालयको भौतिक पूर्वाधार सुधार तथा विकासका लागि १ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको हाम्रा सहकर्मीले जनाएका छन् ।

सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड

यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले नयाँ आर्थिक बर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले पेश गरेको बजेटमा पुँजीगततर्फ १७ अर्ब ५३ करोड र चालु खर्चतर्फ ११ अर्ब ७ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेटमा कृषि यान्त्रिकरण, बाली विशेष कार्यक्रम, बीउ उत्पादनमा आत्मनिर्भर बनाउने, पशुुपालन तथा मासुु उत्पादन वृद्धिको योजना राखिएका छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

जेनजी युवा मदन बुढाले गरे कारागारलाई पुस्तक सहयोग

जेनजी युवा मदन बुढाले गरे कारागारलाई पुस्तक सहयोग

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रबैया ठीक भएन : सभापति थापा

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रबैया ठीक भएन : सभापति थापा

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँगको युद्ध सकियो, तर…

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

देशभर वर्षा, हावाहुरी र असिनाको सम्भावना, सतर्कता अपनाउन आग्रह

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

ताजा समाचार

जेनजी युवा मदन बुढाले गरे कारागारलाई पुस्तक सहयोग

जेनजी युवा मदन बुढाले गरे कारागारलाई पुस्तक सहयोग

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रबैया ठीक भएन : सभापति थापा

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रबैया ठीक भएन : सभापति थापा

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँगको युद्ध सकियो, तर…

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

देशभर वर्षा, हावाहुरी र असिनाको सम्भावना, सतर्कता अपनाउन आग्रह

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host