Outline Khabar
आइतवार, माघ ११, २०८२
Sunday, January 25, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, माघ ११, २०८२
Sunday, January 25, 2026
                                                       
No Result
View All Result

अहिंसा करुणा र आत्म अनुशासनको प्रतिक ‘बाहुबली’

अहिंसा करुणा र आत्म अनुशासनको प्रतिक ‘बाहुबली’

सम्झना पौडेल

भारतको बैंगलोर, कर्नाटकमा अवस्थित राजसी र विस्मयकारी बाहुबली मन्दिर आध्यात्मिकता, वास्तुकलाको सभ्यता र जैन सम्पदाको प्रतीकको रूपमा परिचित छ ।

Subisu

बाहुबली मन्दिरको मुख्य सन्देश आध्यात्मिकता, आन्तरिक शान्ति र ज्ञानको खोजीमा परिचित छ । भगवान बाहुबलीको अग्लो मूर्तिको माध्यमबाट, मन्दिरले आध्यात्मिक विकास र मुक्तिको मार्गको रूपमा ध्यान, त्याग, र संसारीक इच्छाहरूबाट अलगावको महत्वलाई प्रष्टाएको छ ।

यसले अहिंसा, करुणा र आत्म–अनुशासनको सिमा सगै जैन धर्मको सिद्धान्तहरूलाई जोड दिने मान्यता छ । यो मन्दिरले दर्शन गर्न आउने आगन्तुकहरूलाई आत्म–अनुभूति र नैतिकतातर्फको आफ्नै यात्रामा चिन्तन गर्न आमन्त्रित गर्ने बताइन्छ ।

बैंगलोरको बाहुबली मन्दिरको भ्रमण गर्नु केवल एक आध्यात्मिक यात्रा मात्र होइन तर भारतीय वास्तुकलाको भव्य सौन्दर्यमा रमाउने र जैन संस्कृति र परम्परामा आफूलाई डुबाउने अवसर पनि हो भन्दा फरक नपर्ला ।

स्थानीय एक वरिष्ठ पत्रकारका अनुसार बहुबाली मन्दिरको इतिहासबारे चर्चा गर्नुपर्दा बैंगलोरको बाहुबली मन्दिरको इतिहास १० औं शताब्दीको प्रारम्भमा कर्नाटकमा गंगा राजवंशको शासनकालमा रहेको छ । गंगा वंशका शासक, रचमल्ल चतुर्थ पहिलो जैन तीर्थङ्कर, भगवान आदिनाथका पुत्र भगवान बाहुबलीको कालातीत कथाबाट प्रेरित थिए ।

भगवान बाहुबली, जसलाई गोमटेश्वर पनि भनिन्छ, उनले आध्यात्मिक ज्ञानको खोजीमा आफ्नो राज्य र सांसारिक सम्पत्ति त्यागेका थिए । भौतिक संसारको प्रलोभन र विचलनबाट अछुतो रहन लामो समयसम्म ध्यानमा उभिने उनको प्रतिष्ठित कार्य सर्वोच्च त्याग र आन्तरिक शान्तिको प्रतीकको रुपमा स्थापित हुन पुग्यो ।

बैगलोरको कर्नाटकमा प्रसिद्ध दुई पहाड छन्, एक हो चन्द्रागिरि भने अर्को हो विध्थागिरि । बहुबलीको ठिक विपरिततर्फ चन्द्रागिरि हिमालमा अवस्थित चन्द्रागिरि मन्दिर देख्न सकिन्छ भने अर्कोतर्फ जैन धर्मालम्बीहरुको प्रसिद्ध मन्दिर बहुबाली भगावनको मन्दिर । बहुबली मन्दिर हिमालको सिंगो एक मात्र ढुंगामा कुँदिएको मूर्ति हो ।

मन्दिरको निर्माण रचमल्लाको समयमा सुरु भयो र धेरै दशकसम्म मन्दिरको निर्माणक्रम जारी रहयो । गंगा राजवंशका शासकहरूले यसको विस्तार र सजावटमा विशेष योगदान पुर्‍याएको कुरा इतिहासमा भेटिन्छ ।

दक्ष कालिगढहरू र मूर्तिकारहरूलाई एउटै ग्रेनाइट चट्टानबाट भगवान बाहुबलीको मूर्ति बनाउनको लागि लगाइएको थियो । मन्दिर परिसरको केन्द्रमा ५७ फिटको उचाइमा उभिएको भगवान बाहुबलीको विशाल मूर्ति छ ।

यस मन्दिरको पुजारीको चयन भने स्थानीय जैन धर्मालम्मीहरुको समुदायबाट नै हँुदै आएको जनाइएको छ । पुजारी हुनको लागि मुख्य रुपमा ब्रम्हाचारी पुरुष, सांसारीक मायाबाट टाढा तथा उसको दैनिक जीवनको बारेमा पनि निकै गहन रुपमा बुझेर मात्र पुजारी नियुत्ति गरिन्छ ।

मुख्य मूर्तिको वरिपरि सुन्दर परिदृश्य बगैंचा, शान्त मार्गहरू, र विभिन्न जैन तीर्थङ्करहरू र देवताहरूलाई समर्पित साना तीर्थहरू छन् । मन्दिरको केन्द्र सम्म पुग्दै गर्दा सम्पूर्ण मन्दिर परिसरले शान्ति र निर्ममताको भावना व्यक्त गरेको अनुभुती गर्न सकिन्छ । पर्यटकहरुलाई बेंगलोरको कोलाहल युक्त शहरको जीवनबाट शान्तिपूर्ण आभास प्रदान गर्दछ ।

यस बाहुबली मन्दिरको सबैभन्दा मनमोहक पक्ष भनेको महामस्तकाभिषेक समारोह हो, जुन प्रत्येक बाह्र वर्षमा एक पटक आयोजना गरिन्छ, जहाँ भगवान बाहुबलीको विशाल मूर्तिलाई दूध, घिउ, मह र केसर जस्ता पवित्र पदार्थहरू समावेश गरी भव्य र विस्तृत रुपमा स्नान गर्ने गरिन्छ । आगामी महामस्तकाभिषेक २०३० मा हुने जनाइएको छ । यस अघि भारतका राष्ट्रपति तथा प्रधानमन्त्री पनि सो महामस्तकाभिषेकमा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

राष्ट्रियसभा अधिवेशन आजदेखि, हेर्नुहोस् सम्भावित कार्यसूची

राष्ट्रिय सभा सदस्यका लागि सातै प्रदेशमा मतदान

‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ गोरखमायालाई

‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ गोरखमायालाई

काठमाडौं–५ मा पुस्तान्तरण : नैतिकता र परिवर्तनको बहस बन्दैछ शर्माको उम्मेदवारी

काठमाडौं–५ मा पुस्तान्तरण : नैतिकता र परिवर्तनको बहस बन्दैछ शर्माको उम्मेदवारी

भोटेकोशी क्षेत्रमा ठूलो वर्षाको सम्भावना छैन: विभाग

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

ताजा समाचार

राष्ट्रियसभा अधिवेशन आजदेखि, हेर्नुहोस् सम्भावित कार्यसूची

राष्ट्रिय सभा सदस्यका लागि सातै प्रदेशमा मतदान

‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ गोरखमायालाई

‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ गोरखमायालाई

काठमाडौं–५ मा पुस्तान्तरण : नैतिकता र परिवर्तनको बहस बन्दैछ शर्माको उम्मेदवारी

काठमाडौं–५ मा पुस्तान्तरण : नैतिकता र परिवर्तनको बहस बन्दैछ शर्माको उम्मेदवारी

भोटेकोशी क्षेत्रमा ठूलो वर्षाको सम्भावना छैन: विभाग

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host