काठमाडौं । मनसुन सक्रिय भएर देशभर वर्षा हुन थालेपछि बाढीपहिरोको जोखिम बढेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै आगामी पाँच दिन मनसुन थप सक्रिय हुने बताएको छ ।
जसकारण वर्षासँगै बाढीपहिरोको जोखिम बढ्ने छ ।
महाशाखाका अनुसार न्यून चापिय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग, सिमाना आसपास रहने र मनसुन थप सक्रिय हुने सम्भावना छ ।
महाशाखाका सोमबारदेखि बिहीबारसम्म देशका धेरै स्थानमा वर्षा हुनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा धेरै हुने भएपछि महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनीका ३४ जिल्लामा बाढीपहिरोको जोखिम औँल्याएको छ ।
हेर्नुहाेस् बुलेटिन