काठमाडौं । सरकारले दुई सहसचिवलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्दै सचिवमा पदस्थापन गरेको छ।
सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासनतर्फका सहसचिव आभाष श्रेष्ठ कर्णलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो।
त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा समूहतर्फका सहसचिव डा. जगदीश्वर कर्माचार्यलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार दुवै अधिकारीलाई बढुवासँगै जिम्मेवारी तोकिएको हो। श्रेष्ठ कर्णले अब गण्डकी प्रदेश सरकारको प्रशासनिक नेतृत्व गर्नेछन् भने डा. कर्माचार्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।












