Outline Khabar
शनिबार, कार्तिक १, २०८३
Saturday, October 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, कार्तिक १, २०८३
Saturday, October 17, 2026
                                                       
No Result
View All Result

बजेट कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउने भन्नेमा ध्यान दिनुपर्छ: अष्टलक्ष्मी शाक्य(भिडियोसहित)

बजेट कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउने भन्नेमा ध्यान दिनुपर्छ: अष्टलक्ष्मी शाक्य(भिडियोसहित)

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लागि ल्याएको बजेटलाई कसरी प्रभावकारी बनाउने भन्नेमा ध्यान दिनुपर्ने बताएकी छन् ।

नेकपा (एमाले) अन्तर्गत गठित उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागको ‘उपभोक्ता हित तथा सुशासनका दृष्टिमा आ.व. २०८१–८२ को बजेट समीक्षा कार्यक्रममा उनले बजेटलाई प्रभावकारी बनाउन सबै लाग्नुपर्ने बताइन् ।

Subisu

नयाँ बजेटमा केही व्यवस्था राम्रो भए पनि समग्र विषयमा सत्ता पक्षबीच सहकार्य हुन नसक्दा उपभोक्ताको पक्षमा समेट्नुपर्ने विषय छुटेको पनि उनले बताइन् ।

पार्टी मुख्यालय च्यासलमा भएको छलफल कार्यक्रममा उनले बजेटमा उपभोक्ता अदालत गठन गर्ने विषय राम्रो पक्ष भएको बताइन् । उपभोक्ताको हितका लागि आवश्यक काम त्यसले गर्न पाउने उनको भनाइ छ । एमाले सत्ता सहकार्य दल भए पनि राम्रोलाई राम्रो र गलतलाई गलत भन्ने उनले बताइन् ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले सत्ता साझेदारको सामूहिक प्रयासमा बजेट बनाउनुपर्ने भए पनि त्यसो हुन नसक्दा आउनु पर्ने विषय छुटेको बताए । एमाले सरकारको प्रमुख साझेदारी दल भएको नाताले सरकारको काममा सहयोग गर्नुपर्ने कर्तव्य भए पनि समन्वय र साझेदारीअनुसार सरकारले काम गर्नुपर्ने उनको भनाइ थियो ।

विगत तीन वर्ष यता मुलुक आर्थिक रूपले संकटमा रहेको बताउँदै महासचिव पोखरेलले भने, ‘देशको रकम बैंकमा जम्मा भएर बसेको छ, लगानी हुन नसक्दा उपभोक्तामाझ पुग्न सकेको छैन ।

विकास बजेटलाई सन्तुलित गर्न नसक्दा उपभोक्ताहरू मारमा पर्ने गरेको उनले बताए । मुलुकको समृद्धिका लागि सुशासन अपरिहार्य भएकाले सुशासनको पक्षमा सरकारले पूर्वाधार विकास गर्दै जानुपर्ने उनले बताए ।  एमाले सरकारको नेतृत्वमा रहँदा मुलुकको राजस्वमा वृद्धि हुनेगरेको उनले दाबी गरे ।

कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको आकार बढे पनि उपभोक्ताको पक्षमा कमजोर रहेको दाबी गरे । बजेटमा आलु प्याजलगायतका सामग्री आयात गर्दा अग्रिम भुक्तानी दिनुपर्ने व्यवस्था गलत भएकाले संशोधन गर्न उनले सुझाव दिए ।

बजेटमा उपभोक्ताका पक्षमा केही व्यवस्था रहे पनि त्यसको कार्यान्वयन पक्ष बलियो बनाउन सुझाव दिए । सरकारी तवरबाट बन्ने अनुगमन संयन्त्र निकै फितलो साबित हुँदा व्यापारीको सिन्डिकेशन कायमै रहने गरेको अनुगमनको पाटोलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि नभए पनि खाद्य वस्तुमा २० देखि २२ प्रतिशत मूल्यवृद्धि भएको उनले बताए ।

विभागका अध्यक्ष जितु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा ज्योति बानियाँ, हरिप्रसाद मैनाली, कुमारी खरेल, विष्णु तिमिल्सिना लगायतले मन्तव्य राख्दै बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताएका थिए ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

बाढीपहिरोको शोकबीच दसैँ, विदेशिने नेपालीको पीडा बदल्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host