Outline Khabar
शनिबार, माघ १०, २०८२
Saturday, January 24, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, माघ १०, २०८२
Saturday, January 24, 2026
                                                       
No Result
View All Result

सन्तानलाई चिउरा चपाउन सिकाउने कि ?

सन्तानलाई चिउरा चपाउन सिकाउने कि ?
Subisu
डा. अरुणा उप्रेती
शिशु भोजन, दूध आदि बनाउन फुड कम्पनी ‘नेस्ले’ विश्व प्रसिद्ध छ । तर कम्पनीले नीति ‘दोधारे’ देखिन्छ । उसले युरोपका बच्चाहरूका लागि चिनी नहालेको ‘शिशु भोजन’ बनाउँछ तर एसियाका गरिब देशका लागि चिनी भरपूर प्रयोग गरेर गुलियो बनाइदिन्छ । यसो भएपछि बच्चाले पनि कुपुकुपु खाने भए ।
केही महिनाअघिको कुरा । ८ महिनाको बच्चालाई ज्वरो आएकाले अभिभावकले बालरोग विज्ञकहाँ लिएर गएछन् । ‘यसले खाना खान किचकिच गर्छ, के गर्ने होला ?’ बाबुको कुरा सुनेर बालरोग विज्ञले भनेछन्, ‘सेरेलेक खुवाउनुस् न ।’ ‘सेरेलेकमा त धेरै चिनी हुन्छ, एक वर्षमुनिको बच्चालाई चिनी दिनु हुँदैन भन्छन् नि,’ बाबुले आफ्नो बुझाइ सुनाए ।
‘त्यो होइन । सेरेलेक मज्जासँग खान दिनुस् । बच्चाको तौल पनि बढ्छ, गुलियो भएकाले खुसी भएर खान्छ ।’ विज्ञले नै यति भनेपछि नपत्याउनु पनि भएन । ती बाबुले त्यसपछि बच्चालाई सेरेलेक खुवाउन सुरु गरे । बच्चाले खुसीसाथ खाएपछि उनलाई पनि सन्तोष मिल्यो होला । बालरोग विज्ञको सल्लाहमा लिटो, आलु, जाउलो दिन छाडेर बच्चालाई सेरेलेक खुवाउने ती बाबुजस्ता कति अभिभावक ठूला कम्पनीबाट ठगिएका होलान् ?
यसरी ठूला कम्पनीले विकसित देशका लागि एक किसिमको र एसियन देशका लागि फरक मापदण्ड स्थापित गरेर स्वास्थ्यमा खेलबाड गरेको होइन र ? विकसित देशका शिशुको स्वास्थ्य राम्रो राख्न त्यहाँ पठाउने सेरेलेकसहित अन्य शिशु भोजनमा चिनी मिसाइएन तर अविकसित देशमा बच्चालाई युरोपियन मापदण्ड लागू नगरी गुलियो बनाउन चिनी मिसाइएको स्वीट्जरल्यान्डको एक प्रतिष्ठित संस्थाले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
शिशुहरूलाई छ महिनापछि आमाको दूधबाहेक बाहिरी खानेकुरा पनि खुवाउनुपर्छ । नेपाली चलनअनुसार ‘अन्नप्रासन’ वा ‘भात खुवाइ’ पछि शिशुलाई जाउलो, मिचेको आलु, दालको झोल, हलुवा, लिटो बिस्तारै खुवाउने चलन छ । त्यसरी खुवाउँदा एकैचोटिमा शिशुले यस्ता खाना प्रायः मन पराउँदैनन् । अलिअलि गरेर स्वाद लगाउँदै जानुपर्छ । नेपाली भान्सामा विभिन्न अन्न भुटेर लिटो बनाउने चलन छ । यस्तो लिटो प्रोटिन र अन्य सूक्ष्म पोषक तत्त्वले भरिपूर्ण हुन्छ । यस्तो लिटोमा ‘चिनी नहाल्नु’ भनेर कति विज्ञले भन्छन् । विज्ञानले एक वर्षभन्दा मुनिका शिशुलाई चिनी दिन नहुने भन्छ ।
मलाई कतिपय स्कुलमा खानपानका विषयमा बोल्न आग्रह गरिन्छ । एउटा सरकारी स्कुलका शिक्षकहरूले भने, ‘बालबालिकाको पोषण कस्तो हुनुपर्छ भनेर अभिभावकलाई भन्दिनुपर्यो, किनभने बाल पोषणका बारेमा अभिभावकले बेवास्ता गरेर पत्रु खाना नै खाजा दिएर पठाउँछन् । त्यसो गर्दा हामीले भनेका कुरा विद्यार्थीले वास्तै गर्दैनन् ।’
बालबालिकालाई स्कुलमै खाजा दिने ती स्कुलका शिक्षकले अभिभावकले आफ्ना सन्तानको स्वास्थ्यको बेवास्ता गरेको सुन्दा त दुःखी भएँ ।
एक स्कुलकी शिक्षिकाले भनिन्, ‘मेरो स्कुलमा ६ वर्षको एक बच्चा छ, उसले त चपाउनै जान्दैन । दालभात सबै मिसाएर पिसेर दिनुपर्छ । बच्चाका आमाबुबाले बच्चालाई खुवाउन गाह्रो हुने भनेर सबै कुरा मिक्सरमा पिसेर खान दिने गर्दा रहेछन् । बच्चाको दाँतको पनि राम्रो विकास भएको छैन ।’ यो सुनेर मेरो मन खिस्रिक्क भयो ।
यो बालकले आमाबाबुको ‘विषालु प्रेम’ को फल भोगिरहनुपरेको छ, भविष्यमा झन् बढी भोग्नेछ । मैले भनें, ‘बच्चाका मातापितालाई भनिदिनुस्, यसरी बच्चालाई सबै कुरा पिसेर दिइयो भने त उसको दाँत बिग्रन्छ । पाचन शक्ति पनि कमजोर हुन्छ । दाँतले चपाउँदा अनुहारका मासंपेशीहरू पनि बलिया हुन्छन् । चपाएर खाइएका खाना स्वादका आनन्दबाट त बच्चा वञ्चित हुन्छ नै ठूलो हुन्जेलसम्म चपाउन नजानेपछि असर पर्छ ।’
कतिपय निजी स्कुलमा गएर अभिभावकसँग छलफल गर्दा बच्चाले चिउरा र मकै चपाउन नसक्ने हुनाले दूधमा कर्नफ्लेक्स र म्युस्ली हालेर खान दिने गरेको पनि सुनें । अभिभावकको कुराबाट मैले के बुझें भने कर्नफ्लेक्स दिँदा बच्चालाई ‘बढी पौष्टिक तत्त्व भएको’ खाना दिइएको भन्ने आमाबुबाले ठान्दा रहेछन् । कर्नफ्लेक्स मकैबाट नै बन्ने भन्ने उनीहरूलाई ज्ञान छैन । त्यसैगरी एक महिलाले छलफलमा भनेकी थिइन्, ‘मकैका च्याँख्ला र चिउरा त गाउँघरकाले खाने खानेकुरा हुन् । हामीले किन्ने कर्नफ्लेक्स रेसादार पदार्थ र लौह तत्त्व पनि मिसाइएको हुन्छ भनेर लेखिन्छ । त्यो त मकैभन्दा राम्रो होला नि ।’
मकैमा बाहिरबाट रेसादार पदार्थ मिसाउनै पर्दैन, यो त प्राकृतिक रूपमा मकैमै हुन्छ तर कम्पनीको विज्ञापनले भ्रम छरेको छ । अनि मैले ती महिलालाई भनें, ‘कर्नफ्लेक्स मकैबाट बन्ने मात्र होइन कि त्यसलाई प्रोसेस गरेर अङ्ग्रेजीमा नाम लेखिएपछि र प्याकेटमा आएपछि त्यो महँगो हुन्छ । च्याँख्ला पकाएर, चपाएर ख्वाउन सिकाउनुस् ।’
एक जना महिलाले गाउँमा भनेकी थिइन्, ‘हाम्रा बच्चालाई त हामीले भात–खाजा दिँदा मान्दैनन् तर बाहिरबाट ल्याएको राइसफ्लेक्स दिँदा मजासँग खान्छन् ।’ मैले हाँसउठ्यो हाँसो रोक्दै भनें, ‘राइसफ्लेक्स र चिउरामा त उस्तै पौष्टिक तत्त्व हुन्छ । तपाईंले ‘राइसफ्लेक्स’ नपाए, चिउरा नै खुवाए पनि हुन्छ । दुवै वस्तु एकैजस्तो हो भनेको सुनेपछि उनी दंग परिन् ।
हामीकहाँ अनेक पौष्टिक भोजन छन् । बालबालिकालाई सहज तरिकाले बनाउन र खुवाउनका लागि अभिभावकले अलिकता मात्र ध्यान दिए पुग्छ । बाहिरबाट पैसा खर्च गरेर पत्रु खाना खुवाउँदा एक दिनका लागि त सजिलो होला, तर जीवनभरका लागि मधुमेह, उच्च रक्तचाप, मोटोपन निम्तन सक्छ । त्यसैले बच्चालाई एकछिन खुसी पार्न पत्रु खाना खुवाएको के काम ?
के ख्वाउने त आफ्नो सन्तानलाई ?

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

श्रीपञ्चमी : सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै

श्रीपञ्चमी पर्व, हनुमान ढोकामा वसन्त श्रवण

जाँचबुझ आयोगको म्याद २० दिन थप

जाँचबुझ आयोगको म्याद २० दिन थप

हामीलाई चुनाव लड्न नदिए देशमा फेरि चुनाव हुँदैन : रेशम चौधरी

उम्मेदवारी खारेज भएपछि रेशम लेख्छन्,‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ’

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

उम्मदेवारहरुको नामावली प्रकाशन हुँदै

ताजा समाचार

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

श्रीपञ्चमी : सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै

श्रीपञ्चमी पर्व, हनुमान ढोकामा वसन्त श्रवण

जाँचबुझ आयोगको म्याद २० दिन थप

जाँचबुझ आयोगको म्याद २० दिन थप

हामीलाई चुनाव लड्न नदिए देशमा फेरि चुनाव हुँदैन : रेशम चौधरी

उम्मेदवारी खारेज भएपछि रेशम लेख्छन्,‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ’

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

उम्मदेवारहरुको नामावली प्रकाशन हुँदै

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host