Outline Khabar
बिहिबार, बैशाख ३१, २०८३
Thursday, May 14, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, बैशाख ३१, २०८३
Thursday, May 14, 2026
                                                       
No Result
View All Result

पदक विजेता एरिका गुरुङ बनिन् सदभावना दूत

पदक विजेता एरिका गुरुङ बनिन् सदभावना दूत

काठमाडौं। नेपाली राष्ट्रिय कराते टोलीकी ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई तमु धी एसोसिएसन युकेले आफ्नो सदभावना दूत नियुक्त गरेको छ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एरिकालाई अप्रिलदेखि लागू हुने एक वर्षका लागि सदभावना दूत नियुक्त गरिएको जानकारी दिइयो। तमु धी एसोसिएसन युकेका अध्यक्ष जुमकाजी गुरुङ र उपाध्यक्ष कमल गुरुङका साथै एरिका गुरुङ, नेपाल कराते महासंघका महासचिव दावा गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Subisu

विश्व नम्बर एक बन्न सहयोग पुगोस् भन्ने उद्देश्यले एरिकालाई तमु धीले सहयोग गर्ने भएको हो। करातेकी अन्तर्राष्ट्रिय निर्णायक तारा गुरुङको पहलमा एरिका र तमु धी एसोसिएसन युकेबीच सहयोगका लागि सहकार्य भएको बताइएको छ।

सम्झौताअनुरूप विश्व कराते महासंघ र एसियन कराते महासंघका आधारिक प्रतियोगिता खेल्न तमु धी एसोसिएसन युकेले टिकट, आवश्यक खेल सामग्री, दुई जोडी ट्य्राकसुट र हरेक प्रतियोगिताका लागि पाँच सय अमेरिकी डलर उपलब्ध गराउने भएको छ । एरिकाले उपलब्ध गारएको पोशाकमा तमु धीको लोगो राख्नु पर्नेछ।

नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठले एसियन गेम्स र दक्षिण एसियाली खेलकुदमा राज्यको लगानी हुने भएकाले त्यसमा सहयोग नलिने स्पष्ट पारे।

साथै, डब्लुकेएफ र एकेएफअन्तर्गतका प्रमुख प्रतियोगिताहरूमा उनको सहभागिता सुनिश्चित गरिनेछ । एरिकाले सन् २०२६ र ०२७ मा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू कराते प्रिमियर लिग, एसियन च्याम्पियनसिप, विश्व सितोरियो कराते च्याम्पियनसिप तथा अन्य खुला प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

तमु धी एसोसिएसन युकेका उपाध्यक्ष कमल गुरुङले संस्थाले विगतदेखि नै देशको खेलकुद, शिक्षा तथा प्राकृतिक विपद्का बेला सहयोग गर्दै आएको उल्लेख गर्दै विश्वस्तरमा सफलता दिलाउन सक्ने प्रतिभाशाली खेलाडीलाई सहयोग गर्न आफ्नो संस्था सदैव अगाडि रहेको बताए। उनले एरिका गुरुङजस्ता सक्षम खेलाडीलाई साथ दिन पाउनु संस्थाका लागि गर्वको विषय भएको धारणा व्यक्त गरे।

सद्भावना दूत नियुक्त भएपछि एरिकाले विश्व कराते महासंघ वरीयतामा शीर्ष स्थानमा पुग्ने आफ्नो लक्ष्य रहेको बताइन्। तमु धी यूकेको साथ र सहयोगले आफूलाई थप प्रेरणा मिलेको उल्लेख गर्दै उनले आगामी प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन प्रयासरत रहने बताइन् ।
महासंघका अध्यक्ष दावा गुरुङले यस किसिमको सहयोगले अन्य खेलाडीलाई पनि सहयोग मिल्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका दौरान आत्मबल मिल्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इप्पानमा उत्तम भ्लोनको प्यानल घोषणा, ‘भिजन २०२९’ मार्फत ३० हजार मेगावाटको लक्ष्य

इप्पानमा उत्तम भ्लोनको प्यानल घोषणा, ‘भिजन २०२९’ मार्फत ३० हजार मेगावाटको लक्ष्य

विद्युत् नियमन आयोगका खुल्ला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुने

विद्युत् नियमन आयोगका खुल्ला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुने

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

ऊर्जामन्त्रीले प्राधिकरणमा नियुक्त गरे दुई सञ्चालक, श्रेष्ठलाई कायममुकायमको जिम्मेवारी

ऊर्जामन्त्रीले प्राधिकरणमा नियुक्त गरे दुई सञ्चालक, श्रेष्ठलाई कायममुकायमको जिम्मेवारी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, भोलि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

रास्वपाको पहिलो महाधिवेशन असारमा,चितवनमा शक्ति प्रदर्शन गर्ने तयारी

रास्वपाको पहिलो महाधिवेशन असारमा,चितवनमा शक्ति प्रदर्शन गर्ने तयारी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host