Outline Khabar
शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026
                                                       
No Result
View All Result

‘अक्वा त्रिदेव’ व्राण्डको पानीमा फिकल कोलिफर्मः २ लाख जरिवाना

‘अक्वा त्रिदेव’ व्राण्डको पानीमा फिकल कोलिफर्मः २ लाख जरिवाना

काठमाडौं । ‘अक्वा त्रिदेव’ व्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । यो तारकेश्वर नगरपालिका वडा नं. १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानी हो ।

निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोङ्गवु क्षेत्रबाट विभिन्न ५ वटा व्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमूना लिइएको थियो । यसरी लिइएको नमूना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । नमूना परीक्षणबाट मंगलबार रिपोर्ट प्राप्त भयो । प्राप्त रिपोर्टमा अक्वा त्रिदेव व्राण्डको पानीमा फिकल कोलिफर्म भेटियो । प्रति १ सय मिलिलिटर नमूनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ । यो शून्य हुनुपर्छ ।

Subisu

खाद्य प्राविधिक अनिल बस्नेत भन्छन्, ‘नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । पानीमा सिएफयु ३ सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो ।’ कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो ।

यसमा भिब्रो कोलेरा भने शून्य देखाएको छ । यो भनेको हैजा फैलिने जीवाणु नहुनु हो । बस्नेतले स्पष्ट पारे ।

डा. झाका अनुसार जरिवाना गरिएसँगै यो व्याचमा उत्पादन भएको सबै पानी विक्रीमा प्रतिबन्ध लगाइएको छ । पानीको नमूनामा पानीको कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुनेछ ।

जार र बोतलको पानीमा कीरा, फोहर र कोलिफर्म देखिएपछि महानगरपालिकाले उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ ।

जथाभावी निर्माण सामग्री थुपार्नेलाई जरिवाना

मंगलबार महानगर प्रहरी बलले वडा नं. ३१ का विभु गोयललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । सार्वजनिक बाटोमा बालुवा माटो खसालेर फोहर गरेपछि जरिवाना गरिएको हो । यसैगरी वडा नं. ३२ को साथी निर्माण सेवालाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । सडक पेटी विगारेर सार्वजनिक सम्पत्तिमा क्षति गरेकोले निर्माण सेवालाई जरिवाना गरिएको हो ।

मंगलबार साँझ करिब ८ बजे वडा नं. १५ सानो भ¥याङ् क्षेत्रमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्खुनारायण काष्ठ उद्योगमा आगलागी भएको थियो ।

विद्युत सर्ट भएर सुरु भएको आगलागी नियन्त्रण गर्न जुद्ध बारुण यन्त्र कार्यालय न्यूरोड, रामहिटी र बालाजुबाट दमकल परिचालन गरिएका थिए । रातको पौने दश बजे आगो पूर्ण रुपमा नियन्त्रण भएको थियो । यसै बेला परेको पानीले करिब ९ बजे पानीपोखरीमा पहिरो गएपछि प्रहरी बलले क्षति व्यवस्थापनका लागि टोली परिचालन गरेको थियो ।

पहिरोले घरको पर्खाल भत्काएको छ । घरमा मानिस नभएकाले मानवीय क्षति हुन पाएन । बुधबार उत्तर क्षेत्रमा मापदण्ड विपरीत सञ्चालन भएका १२ वटा मोटरसाइकल वर्कसपमा ताला लगाइएको छ । स्वयम्भू क्षेत्रमा रुख ढलेर सडक अवरुद्ध भएको थियो । तार चुडिएर जोखिम बढेको थियो । प्रहरी बलले यो अवस्थालाई व्यवस्थापन गरेर सहज आवागमन बनाएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

बैठक बस्दै नबसी संसद अधिवेशन अन्त्य, सरकारले अध्यादेश ल्याउन खोजेको हो ?

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पको दाबीः स्ट्रेट अफ होर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण

पक्राउ परे व्यवसायी शेखर गोल्छा, धितोपत्रसम्बन्धी कसूरमा अनुसन्धान

पक्राउ परे व्यवसायी शेखर गोल्छा, धितोपत्रसम्बन्धी कसूरमा अनुसन्धान

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

‘निरोगी नेपाल’ अभियान: स्वास्थ्य मन्त्रीले आयुर्वेद, योग र डिजिटल सेवाको विस्तारबारे दिए जानकारी

ओपिडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं : पूर्वस्वास्थ्यमन्त्री पौडेल

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host