एजेन्सी । एप्पलले आगामी वर्ष सन् २०२५ मा पातलो आकारको आइफोन ल्याउने योजना बनाएको छ। समाचार अनुसार कम्पनीले आइफोनको पातलो संस्करणको विकास गरिरहेको छ जुन सन् २०२५ मा बजारमा आउन सक्दछ ।
रोयटर्सका अनुसार एप्पलको पातलो आइफोनको मूल्यचाहिं आइफोन प्रो म्याक्सभन्दा पनि बढी हुनेछ । सन् २०२५ को सेप्टेम्बरमा आइफोन १७ सिरिजसँगै एप्पलले पातलो आइफोन ल्याउने अपेक्षा गरिएको छ। कोड नाम डी २३ बाट एप्पलले आइफोनका विभिन्न डिजाइनहरुको परीक्षण गरिरहेको छ । त्यसमा कम्पनीको सबैभन्दा पछिल्लो पुस्ताको प्रोसेसर ए१९ रहनेछ ।