काठमाडौं । अखिल नेपाल महिला संघ जिल्ला कमिटी अछामले श्रमिक महिलासँग अन्तरक्रिया गरेको छ । ‘महिलामैत्री सहभागितामूलक लोकतन्त्रको संस्थागत विकास गरौं अराजकता र विखण्डनकाविरुद्ध राष्ट्रिय एकता सुदृढ पारौं’ भन्ने नाराका साथ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संघले जिल्लामा रहेका श्रमिक महिलासँग अन्तरक्रिया गरेको हो ।
जिल्ला कमिटी अछामकी सदस्य इन्दु ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य इन्चार्ज मना अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मंगलसेन नगरपालिका वडा नं ५ का वडाअध्यक्ष झंकरप्रसाद भाट, अनेमसंघ जिल्ला कार्य समिति अछामकी सचिव भावना केसी, वडा नं. ४ की वडा सदस्य शान्ति धामी, अनेमसंघ अछामकी पूर्व अध्यक्ष लक्ष्मी बोगटी, दलित महिला संघकी अध्यष लक्ष्मी सोव लगायतको उपस्थिति रहेको थियो ।












