एजेन्सी । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले अमेरिकी जनता युक्रेनलाई पैसा दिँदा दिँदै थाकिसकेको बताएकी छिन्।
ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै लेभिटले भनिन्, ‘उनी (युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की) यस युद्धको व्यावहारिक वास्तविकतालाई स्वीकार गर्न अस्वीकार गरिरहेका छन्। यो युद्ध धेरै वर्षदेखि चलिरहेको छ, उनका देशवासीहरू मरिरहेका छन्। र यो युद्धलाई आर्थिक सहयोग गरेर अमेरिकी जनता थाकेका छन्।’
उनले थप भनिन्, ‘परिस्थिति जेलेन्स्कीको पक्षमा छैन, राष्ट्रपति ट्रम्पको पक्षमा छ। ट्रम्पको प्राथमिकता अघिल्लो अमेरिकी प्रशासनभन्दा फरक छ र उनी युद्धको अन्त्य चाहन्छन्। तर जेलेन्स्की अहिले यो चाहन्छन् जस्तो लाग्दैन।’












