एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियामा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। यसका कारण अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ भने धेरै मानिसहरू बेपत्ता भएको आशंका गरिएको बीबीसी समाचारमा उल्लेख छ।
हावाको गति बढिरहेकोले आगो फैलिने क्रम बढ्दै छ। हाल ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावा बहिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न सक्ने मौसम विभागले चेतावनी दिएको छ। अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट पनिअग्निनियन्त्रकहरू आइपुगेका छन्।