काठमाडौं । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत फेला परेका छन् । कांग्रेस भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान साढे ८ बजे बाटोमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका नगर सभापति कलौनी भीमदत्त नगरपालिका- १८ स्थित वडा कार्यालय नजिकैको बाटोमा मृत फेला परेका हुन् ।
कलौनी बाटोमा घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । घटनास्थलमा जिल्लाका प्रहरी प्रमुख एसपी चक्रराज जोशीको कमाण्डमा टोली पुगेको छ । घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।












