काठमाडौं । गएराति चितवनमा रोकिराखेको ट्रकमा दुई यात्रुबाहक बस ठोकिँदा ३३ जना घाइते भएका छन्। दुर्घटना पौने २ बजे तिर भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा भएको हो।
ना ६ ख ८१३ नम्बरको ट्रक इँटा लोड गरेर पार्किङमा राखिएको थियो। त्यसमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन बस ठोक्किएको र त्यसपछि जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष बस समेत ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
दुर्घटनापछि बस सडकमै पल्टिँदा यातायात अवरुद्ध भएको थियो। सशस्त्र प्रहरी बल नं. १७ गण आँपटारी चितवनबाट गएको टोलीले घाइतेलाई उद्धार गरी चितवनका विभिन्न अस्पतालमा पुर्याएको छ।
घाइतेमध्ये १५ जना चितवन मेडिकल कलेजमा, १३ जना नेशनल सिटी अस्पतालमा र ५ जना भरतपुर अस्पतालमा उपचाररत छन्।
सडकमा रोकिएका सवारी क्रेनमार्फत हटाएपछि बिहान ३ बजेदेखि यातायात सञ्चालन पुनः सुरु भएको छ।
दुर्घटनापछि रुद्राक्ष बसका चालक धनुषा सहिद नगरपालिका–४ का ४३ वर्षीय कृष्ण मण्डललाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
यी हुन् दुर्घटनाका घाइते
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरू:
१. उदयपुर जिल्ला त्रियुगा नगरपालिका- १० बस्ने वर्ष २० को सार्थक बाबु श्रेष्ठ, बायाँ खुट्टामा चोट, अवस्था मध्यम (डल्फिन बसका यात्रु)
२. धनुषा जिल्ला जनकपुर उपमहानगर पालिका -१७ बस्ने वर्ष ३९ को सदाकत मियाको टाउकोमा चोट, अवस्था मध्यम (रुद्राक्ष बसका यात्रु)
३.सोही ठाउँ बस्ने वर्ष ५२ को नरेन्द्र शाहको टाउकोमा चोट (रुद्राक्ष बस)
४. रौतहट जिल्ला गौर नगरपालिका- ५ बस्ने वर्ष ४१ को मुकेश कुमार केसरीको बाँया खुट्टा र टाउकोमा चोट (डल्फिन)
५.धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका- ७ बस्ने वर्ष १७ का समिर अन्सारिको बायाँ खुट्टा र बायाँ हातमा चोट (रुद्राक्ष )
६. महोत्तरी जिल्ला पिपरा गाउँपालिका- १ बस्ने गितादेवि यादवको निधारमा चोट (रुद्राक्ष )
७. रौतहट जिल्ला राजदेवी नगरपालिका- १ बस्ने कुष्णकुमार साहको अनुहारमा चोट, मध्यम (डल्फिन)
८. धनुषा जिल्ला जनकपुर उपमानगरपालिका- १ बस्ने वर्ष ४६ को वसन्त झाकाे खुट्टामा चोट, अबस्था सामान्य ( रुद्राक्ष )
९. धनुषा जिल्ला जनकपर उपमहानगरपालिका- ४ वस्ने वर्ष ४९ को मुकेश लाल कर्ण, अवस्था सामान्य
१०. सोही ठाउँ बस्ने वर्ष ३४ कि अन्जु कर्ण, अवस्था सामान्य
११. सोही ठाउँ बस्ने आरुष कर्ण (वर्ष नखुलेको ) अवस्था सामान्य (रुद्राक्ष )
१२. महोत्तरी जिल्ला पिपरा गाउंपालिका -१ बस्ने बर्ष ३७ को राम श्रेष्ठ , अवस्था सामान्य ( डल्फिन )
१३. रौतहट जिल्ला राजदेवि नगरपालिका- १ बस्ने वर्ष २० को अनिकेत कुमार साह (डल्फिन )
१४. रौतहट जिल्ला बृन्दावन नगरपालिका- ३ बस्ने वर्ष ११ को आरभ मिश्रकाे टाउको मा चोट, अवस्था मध्यम (डल्फिन)
१५. धनुषा जिल्ला लक्ष्मिमिया गाउँ पालिका- ४ बस्ने वर्ष १९ कि बिद्या चौधरी, अवस्था मध्यम (रुद्राक्ष )
नेशनल सिटि अस्पताल भरतपुरमा रहेका घाइतहरू
१.बा.प्र.०३-००१ख ३९०२ (रुद्राक्ष) बसमा सवार धनुषा जिल्ला जलेश्वर नगरपालिका -५ बस्ने वर्ष २० को आदित्य कुमार सिंह, अवस्था सामान्य।
२. सोही ठाउँ बस्ने वर्ष ४३ की रेखा सिंह, अवस्था सामान्य।
३. सोही ठाउँ बस्ने वर्ष २१ की अञ्जली सिंह, अवस्था सामान्य।
४. प्रदेश३-०३-००१ख ०१२३ नम्बरको बसमा सवार भारत मोतिहारी बस्ने वर्ष ३२ को सुनिल प्रसाद,अवस्था सामान्य।
५. भारत मोतिहारी बस्ने वर्ष २५ की सुभद्रा कुमारी चौधरी , अवस्था सामान्य।
६. भारत मोतिहारी बस्ने वर्ष ७ की पृया जैशवाल, अवस्था सामान्य।
७. भारत मोतिहारी बस्ने बर्ष ४ की कृती जैशवाल, अवस्था सामान्य।
८.धनुषा जिल्ला जनकपुर उपमहानगर पालिका -८ बस्ने वर्ष २८ को आलोक कुमार राउत, अवस्था सामान्य।
९.रौतहट जिल्ला राजदेवी नगरपालिका-२ बस्ने वर्ष २१ को मोनु कुमार महतो, अवस्था सामान्य।
१०.रौतहट जिल्ला गौर नगरपालिका -९ बस्ने वर्ष ६६ की गम्भिरादेवी ठाकुर, अवस्था सामान्य।
११. रौतहट जिल्ला गरुडा नगरपालिका -७ बस्ने वर्ष ५० को बिजय साह, अवस्था सामान्य।
१२. सोही ठाउँ बस्ने वर्ष ४० की उर्मिला कुमारी साह,अवस्था सामान्य।
१३. रौतहट जिल्ला बृन्दावन नगरपालिका -३ बस्ने वर्ष ६२ की सुनितादेवी मिश्रा, अवस्था मध्यम।
भरतपुर सरकारी अस्पतालमा रहेका घाइतेहरू
१.रौतहट जिल्ला दुर्गावती गाउँपालिका-२ बस्ने वर्ष ३० को राजकिशोर दास, अवस्था सामान्य।
२. रौतहट जिल्ला दुर्गावती गाउंपालिका-२ बस्ने वर्ष २५ को राजु दास, अवस्था सामान्य।
३. भारत मोतिहारी बस्ने वर्ष २२ को महमद साहेब, अवस्था सामान्य।
४.रौतहट जिल्ला माधवनारायण नगरपालिका -५ बस्ने वर्ष १९ को रोशी कुमार साह, अवस्था सामान्य।
५.धनुषा जिल्ला लक्ष्मीनिया गाउँपालिका -४ बस्ने वर्ष १९ की दिब्या चौधरी,अवस्था मध्यम।












