काठमाडौं । कालिकोट पलाँतामा ट्यायाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार राति ११ बजेतिर पलाँता गाउँपालिका–२ लार्फ गाउँ नजिक उक्त ट्याक्टर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पलाँता–९ थिर्पुबाट खाद्यान्न दिएर स्थानीय खिन जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु हुनेमा पलाँता–४ की अम्मा शाही, सदु बुढा, रबिन्द्र विश्वकर्मा र खत्याड, ५ मुगुका चन्द्र प्रकाश रोकाया रहेका छन् ।