काठमाडौं । भीमफेदी गाउँपालिका वडा नम्बर १ रातोमाटेस्थित त्रिभुवन राजपथ सडक खण्डमा ग्यास बुलेट दुर्घटना भएको छ । दुर्घटनापछि उक्त सडक खण्ड एकतर्फी मात्रै सञ्चालन भएको प्रहरीले जनाएको छ ।
हेटौँडा बजारबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ईन्डियन ग्यास लोड बुलेट गाडी दुर्घटना आइतबार राति करिब ९ बजेतिर दुर्घटना भएको हो ।
ग्यास बुलेट पल्टिएको रोडको भित्ताको साइडबाट ट्रयाक खोलेर हाललाई अस्थायी रूपमा साना सवारी साधनलाई एकतर्फी बाटो खोलिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।