काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित फर्पिङमा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका-३ फर्पिङमा आइतबार दिउँसो ४ बजे जुनकिरी इंग्लिस स्कुलकाका विद्यार्थी सवार बस दुर्घटनामा परेको फर्पिङ प्रहरीले जनाएको छ । बसमा करिब ५० जना विद्यार्थी सवार थिए ।
मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् । थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।