काठमाडौं । बझाङबाट काठमाडौं आइरहेको खप्तड मालिका यातायातको बस ठूलो दुर्घटना हुनबाट जोगिएको छ । शुक्रबार बिहान जयपृथ्वी राजमार्गअन्तर्गत छविस पाथिभेरा गाउँपालिकाको मटेला भ्यागुतेखोला नजिकै काठमाडौंका लागि हिँडेको बस पहिरोबाट जोगिएको हो ।
बझाङका स्थानीय शिक्षक नरेन्द्र उपाध्यायका अनुसार भ्यागुतेखोला नजिकै गए राति खसेको पहिरो पन्छाएर अवरुद्ध भएको राजमार्ग बिहान खोलिएको थियो । पहिरो पन्छाएपछि जाममा परेका गाडीहरू गुडाउने तरखर हुँदै गर्दा सडककिनारको भिरबाट फेरि पहिरो खस्यो ।
उक्त पहिरोको एक किनारले गुड्नका लागि ’स्टार्ट’ भइसकेको बसलाई समेत छोएको सार्वजनिक भिडियोमा देखिन्छ । पहिरो खस्न थालेपछि बसभन्दा अगाडि रहेका एक व्यक्ति पछाडि भाग्न आग्रह गर्दै चिच्याइरहेका सुनिन्छन् । पहिरोले बसको अगाडिको भागलाई ठक्कर दिएको थियो ।
हेर्नुहोस् भिडियो