काठमाडौं । बुधबार बिहान भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यको दिमाग(ब्रेन)मा दाग देखिएको छ ।
उनको अहिले काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका न्युरो सर्जन डा. अमित थापाका अनुसार उनको एमआरआई गर्ने तयारी गरिएको छ । त्यसपछि उक्त दागबारे विस्तृत पत्ता लाग्ने छ ।
बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटना हुँदा शाक्य घाइते भएका थिए भने अन्य १८ जनाको मृत्यु भएको थियो ।












