काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नभएको विषयमा अध्यक्ष माधव नेपालले तीन वर्षको घाउ आलै होला भन्ने टिप्पणी गरेका छन् ।
सम्बोधनका क्रममा अध्यक्ष नेपालले भने, ‘तपाईंहरूलाई जिज्ञासा होला, एमालेबाट कोही किन आएन भन्ने । मैले दशौँपटक फोन गरेको छुँ । पीएहरूलाई पनि फोन गरेँ । फोन नलागेपछि एसएमएस पनि डिटेलमै पठाएँ । तर, तीन वर्षको आलै घाउ होला ।’
अध्यक्ष नेपालले यस्ता विषयमा घृणा गर्नुपर्ने केही नभएको बताएका छन् । उनले राजनीतिमा यस्ता विषय पचाउनुपर्ने समेत बताए । तर यस्तो भइरहे पनि यात्रा अगाडि बढिरहने उनको भनाइ छ ।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

