Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

अफ्रिकासँग अमेरिका १८ रनले पराजित

अफ्रिकासँग अमेरिका १८ रनले पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । जवाफमा अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएपछि खेलको नतिजा १८ रनले दक्षिण अफ्रिकाको पक्षमा गयो ।

Subisu

समूह चरणमा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध र क्यानडाविरुद्ध १९५ रनको लक्ष्य पछ्याउँदै सनसनी मच्चाएको अमेरिकाले सुपर आठमा दक्षिण अफ्रिकाविरुद्ध निरास बन्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । १६ रन हुँदा रिजा हेनरिक आउट भएका थिए । उनले ११ बल खेल्दा ११ रन नै बनाए । उनको ब्याटबाट एक छक्का प्रहार भएको थियो ।

त्यसपछि क्विन्टन डीकक र कप्तान एडेन मार्करम मिलेर दक्षिण अफ्रिकाको रथ अघि बढाएका थिए । यी दुई खेलाडीले ११० रनको साझेदारी गरेपछि दक्षिण अफ्रिका विशाल लक्ष्यतर्फ अघि बढेको थियो । १२.२ ओभरमा १२६ रन हुँदा दक्षिण अफ्रिकाले दोस्रो विकेट गुमायो ।

दक्षिण अफ्रिकाका क्विन्टन डीकक उत्कृष्ट पारि खेलेर विदा भए । ४० बल फेस गरेका डीककले ५ छक्का र ७ चौकाको मद्दतले ७४ रनको पारि खेले । डेभिड मिलर गोल्डेन डकआउट भए । चौथो विकेटको रुपमा एडेन मार्करम ३२ बलमा ४६ रन बनाएर आउट भए । उनले एक छक्का र चार चौका प्रहार गरेका थिए ।

त्यसपछि हेनरिक क्लासने र तृस्टन स्टुबब्सले थप प्रयास गर्दा दक्षिण अफ्रिकाले विशाल योगफल तयार पारेको थियो । क्लासनेले २२ बलमा ३६ रन बनाउँदा तीन छक्का प्रहार गरे । यस्तै स्टुबब्सले १६ बलमा २० रन जोड्दा २ चौका हिर्काए ।

अमेरिकाका सौरभ नेत्रवाल्कर र हरमित स्रिहले समान दुई दुई विकेट लिए । १९५ रनको लक्ष्यसहित मैदान उत्रिएको अमेरिकाको सुरुआत मध्यम रहेको थियो । ३.३ ओभरमा ३३ रन जोडेका बेला पहिलो विकेट गुमाउन पुग्यो । स्टेभन टेलर १४ बलमा २४ रन बनाएर आउट भए । उनले एक छक्का र चार चौका प्रहार गरेका थिए ।

दोस्रो विकेटको रुपमा नितिश कुमार आउट हुँदा जम्मा ८ रन बनाए । कप्तान आरोन जोन्स खाता नै नखोली पभेलियन फर्किए । एक छेउमा डटेका ओपनर ब्याटर एन्ड्रिस गोसले गतिलो साथ पाएनन् । यसैगरी कोरि एन्डरसनले १२ रन बनाए । एन्ड्रिस गोस र हरमित सिंहले जित दिलाउनका लागि सबै प्रयास गरे पनि १८ रन अपुग भएको थियो । गोसले ४७ बलमा ८० रनको नटआउट पारि खेल्दा समान पाँच छक्का र चौका प्रहार गरेका थिए ।

हरमितले भने २२ बलमा ३८ रन बनाएर नटआउट नै रहे । उनले तीन छक्का र दुई चौका प्रहार गरेका थिए । दक्षिण अफ्रिकाका कागिसो रबाडाले सर्वाधिक ३ विकेट लिँदा केशव महाराज, एनरिज नोर्टजे र तबरेज सम्सीले समान एक एक विकेट लिए । सुपर एटमा जितका साथ दक्षिण अफ्रिकाले २ अंक पनि बनाएको छ । सपुर एटमा दुई समूह रहेको छ । शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host