काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ। सन्दीपले अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन्।
उनलाई यसअघि २०१९मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। सन्दीप आइसीसी टी- २० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए।












