Outline Khabar
बुधबार, अशोज २८, २०८३
Wednesday, October 14, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, अशोज २८, २०८३
Wednesday, October 14, 2026
                                                       
No Result
View All Result

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

सन् २०२७-२०२९ कार्यकालका लागि सदस्य निर्वाचित, महासभामा खसेको १८० मतमध्ये नेपालले पायो १७३ मत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

काठमाडौं। नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा तेस्रोपटक निर्वाचित भएको छ। सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि भएको निर्वाचनमा नेपालले १७३ मत प्राप्त गरेको हो। एसिया-प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशमध्ये नेपालले सबैभन्दा बढी मत पाएको छ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा महासभाका सदस्य राष्ट्रबाट १८० मत खसेको थियो। त्यसमध्ये नेपालले १७३ मत प्राप्त गर्दै परिषद्को सदस्यता सुरक्षित गरेको हो।

Subisu

निर्वाचनपछि संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले वक्तव्य जारी गर्दै नेपालप्रति विश्वास र समर्थन व्यक्त गर्ने सबै सदस्य राष्ट्रलाई धन्यवाद दिएको छ।

‘बहुपक्षीयता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेको नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीप्रतिको नेपालको प्रतिबद्धतामा विश्वास र भरोसा व्यक्त गर्नुभएकामा हामी संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति हार्दिक आभार व्यक्त गर्दछौं,’ नियोगले भनेको छ।

नियोगले परिषद्को नयाँ कार्यकालका लागि निर्वाचित अन्य मुलुकलाई पनि बधाई दिएको छ। नेपालसँगै ब्राजिल, बुरुन्डी, डोमिनिकन गणतन्त्र, जर्मनी, घाना, आयरल्यान्ड, जापान, जोर्डन, कुवेत, माल्दोभा, नाइजेरिया, युक्रेन, उरुग्वे र जाम्बिया निर्वाचित भएका छन्।

नियोगका अनुसार नेपालले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र तथा अन्य साझेदारसँग सहकार्य गर्दै मानव मर्यादाको संरक्षण, समावेशिताको प्रवर्द्धन, सामाजिक न्याय र सबैका लागि समान तथा न्यायोचित विकासका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

नेपाल यसअघि सन् २०१८–२०२० र २०२१–२०२३ मा लगातार दुई कार्यकाल परिषद्को सदस्य रहिसकेको छ। पछिल्लो निर्वाचनसँगै नेपालले सन् २०२७ जनवरी १ देखि तेस्रो कार्यकाल सुरु गर्नेछ।

मानवअधिकार परिषद्को सदस्यताले नेपाललाई अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी बहस, नीति निर्माण र बहुपक्षीय सहकार्यमा थप सक्रिय भूमिका निर्वाह गर्ने अवसर प्रदान गर्नेछ। सदस्यका रूपमा नेपालले मानवअधिकारको संरक्षण, आधारभूत स्वतन्त्रता, समानता, समावेशिता र अन्तर्राष्ट्रिय कानुनको सम्मानका विषयमा आफ्नो धारणा राख्न तथा अन्तर्राष्ट्रिय सहकार्यमा योगदान दिन सक्नेछ।

यद्यपि, परिषद्को सदस्य निर्वाचित हुनु अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व बढाउने अवसर मात्रै होइन, मानवअधिकारसम्बन्धी प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी पनि हो। मानवअधिकारका विश्वव्यापी मान्यता र अन्तर्राष्ट्रिय प्रतिबद्धताप्रति नेपालको व्यवहारलाई अन्तर्राष्ट्रिय समुदायले थप ध्यानपूर्वक हेर्ने अवसरसमेत यसले सिर्जना गर्नेछ।

के हो मानवअधिकार परिषद् ?

सन् २००६ मा स्थापना भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको प्रमुख अन्तरसरकारी निकाय हो। यसको मुख्यालय स्विट्जरल्यान्डको जेनेभामा छ।

परिषद्मा भौगोलिक प्रतिनिधित्वका आधारमा ४७ सदस्य राष्ट्र रहने व्यवस्था छ। सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघको महासभाबाट तीन वर्षका लागि निर्वाचित हुन्छन्।

परिषद्ले विभिन्न देशको मानवअधिकार अवस्थाको समीक्षा गर्ने, मानवअधिकार उल्लङ्घनका विषयमा छलफल गर्ने, आवश्यक सिफारिस गर्ने र मानवअधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्ने काम गर्छ।

यसले विश्वव्यापी आवधिक समीक्षा प्रक्रियामार्फत सबै संयुक्त राष्ट्रसंघ सदस्य राष्ट्रको मानवअधिकार अवस्थाको मूल्यांकनसमेत गर्छ। यस प्रक्रियामा देशहरूले मानवअधिकारको क्षेत्रमा गरेका प्रगति, सामना गरेका चुनौती र सुधारका लागि आवश्यक कदमबारे समीक्षा गरिन्छ।

तेस्रो कार्यकालका लागि निर्वाचित भएसँगै नेपालले अन्तर्राष्ट्रिय मानवअधिकार मञ्चमा आफ्नो उपस्थिति थप सुदृढ गर्ने अवसर पाएको छ। अब परिषद्मा नेपालको प्रभावकारी भूमिका कस्तो रहन्छ भन्ने कुरा मानवअधिकारका विषयमा उसले गर्ने पहल, अन्तर्राष्ट्रिय सहकार्य र आफ्ना प्रतिबद्धता कार्यान्वयनमा देखाउने व्यवहारमा निर्भर हुनेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

चालू खाता बचत बलियो, आर्थिक वृद्धि कमजोर : आईएमएफ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host