Outline Khabar
बुधबार, अशोज २८, २०८३
Wednesday, October 14, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, अशोज २८, २०८३
Wednesday, October 14, 2026
                                                       
No Result
View All Result

काठमाडौं महानगरका १४ हजार ५४३ ज्येष्ठ नागरिकले पाए निःशुल्क स्वास्थ्य सेवा

घरघरमै पुगेर २ हजार ७५ जनाको स्वास्थ्य परीक्षण, ३ हजार ३ सयलाई निमोनिया विरुद्धको खोप

काठमाडौं महानगरका १४ हजार ५४३ ज्येष्ठ नागरिकले पाए निःशुल्क स्वास्थ्य सेवा

काठमाडौं। काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारलाई सहज बनाउन निःशुल्क स्वास्थ्य सेवा विस्तार गरेको छ। महानगरले छत्रपाटी निःशुल्क चिकित्सालय र डल्लु सामुदायिक स्वास्थ्य परिषद्सँग सम्झौता गर्दै ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको हो।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा भएको सम्झौतामा महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठ र डल्लु सामुदायिक स्वास्थ्य परिषद्का उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा भएको हो।

Subisu

सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले ज्येष्ठ नागरिकलाई अस्पतालसम्म ल्याएर नियमित स्वास्थ्य परीक्षण गराउनु कार्यक्रमको प्रभावकारिता मापन गर्ने महत्वपूर्ण सूचक भएको बताइन्।

‘अस्पताल आउने गर्नु भएका ज्येष्ठ नागरिकको सेवालाई अझ सहज र सरल बनाउँदै लैजानु पर्छ,’ उनले भनिन्, ‘रोग सहेर घरमै बसिरहने ज्येष्ठ नागरिकलाई अस्पतालसम्म ल्याउनु चाहिँ कार्यक्रम प्रभावकारिताको मूल्याङ्कन सूचक हो।’

उनले स्वास्थ्य सेवा लिने ज्येष्ठ नागरिकको उमेर, लिङ्ग, शारीरिक अवस्था र प्रदान गरिएका सेवासहितको विवरण राखेर मासिक प्रतिवेदन बुझाउन अस्पताल तथा स्वास्थ्य संस्थालाई आग्रह गरिन्।

महानगरपालिकाका अनुसार घरघरमै स्वास्थ्य सेवा दिने क्रममा हालसम्म २ हजार ७५ ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको छ। छत्रपाटी निःशुल्क चिकित्सालयमार्फत १४ हजार ५४३ पटक  र डल्लु सामुदायिक स्वास्थ्य परिषद्मार्फत १ हजार २१५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन्।

त्यस्तै, महानगरपालिकाले ३ हजार ३ सय ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप उपलब्ध गराएको छ। महानगरका विभिन्न वडाबाट १० हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई तीर्थाटन** गराइएको पनि डंगोलले जानकारी दिइन्।

१२ हजार ३८३ जनालाई पोषण भत्ता

महानगरपालिकाले सामाजिक सुरक्षाका कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई पोषण भत्तासमेत दिँदै आएको छ। महानगरका अनुसार १२ हजार ३८३ ज्येष्ठ नागरिकलाई वार्षिक प्रतिव्यक्ति १२ हजार रुपैयाँका दरले पोषण भत्ता उपलब्ध गराइएको छ।

त्यस्तै, ५ हजार ३९७ ज्येष्ठ नागरिकले निःशुल्क कानुनी सेवा पाएका छन्। महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि १० वटा ज्येष्ठ नागरिकमैत्री पार्क सञ्चालनमा ल्याएको जनाएको छ।

‘सिल्भर भोलेन्टियर’ कार्यक्रममार्फत सहयोगापेक्षी सडक मानवको उद्धार तथा सम्पदा क्षेत्रमा ज्येष्ठ नागरिकको पहुँच बढाउन ह्वीलचेयरको व्यवस्था पनि महानगरले गरेको छ।

महानगरपालिका कार्यपालिका सदस्य महेश नेपालीले सामाजिक रूपान्तरणलाई विकासको महत्वपूर्ण आयामका रूपमा लिएर काम भइरहेको बताए।

‘ज्येष्ठ नागरिक आफैँमा पनि संवेदनशील अवस्थामा हुने भएकाले सेवा प्रदान गर्ने पूर्वाधार र सेवामा स्तरीयता कायम गराउने काममा ध्यान दिनुपर्छ,’ उनले भने।

स्वास्थ्य संस्थासम्म पुग्नै नचाहने ज्येष्ठ नागरिकलाई लक्षित सेवा

छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भित्री सहरी क्षेत्रमा बसोबास गर्ने धेरै ज्येष्ठ नागरिक उपचारका लागि स्वास्थ्य संस्थासम्म जान रुचि नदेखाउने बताए।

‘भित्री सहरी क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिक उपचारका लागि स्वास्थ्य संस्थामा जाने रुचाउनुहुन्न । हामी उहाँहरूलाई नियमित जाँचका लागि प्रोत्साहित गर्नेछौँ,’ उनले भने।

उनका अनुसार स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सालय आफ्नो क्षमता प्रयोग गर्न तयार छ।

डल्लु सामुदायिक स्वास्थ्य परिषद्का उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले परिषद्को प्रयोगशाला क्षमता पनि विस्तार भएको बताए। उनका अनुसार यसअघि बाहिर पठाउनुपर्ने परीक्षणमध्ये ७० प्रतिशत परीक्षण अहिले आन्तरिक प्रयोगशालाबाटै गर्न सकिने भएको छ।

‘हामीलाई महानगरपालिकाले यो क्षमता विकास गराइदिएको हो । हामी महानगरपालिकाले अपेक्षा गरेको सरल स्वास्थ्योपचारका लागि प्रतिबद्ध भएर काम गर्नेछौँ,’ उनले भने।

 सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक लाभग्राही

महानगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक सम्झौताअनुसारका लाभग्राही हुनेछन्। सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाका अनुसार महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले समेत सम्झौताअनुसार सेवा लिन सक्नेछन्।

सम्झौताअनुसार सडकबाट उद्धार गरी मानव सेवा आश्रममा राखिएका आश्रित व्यक्तिहरूको अस्पतालले साप्ताहिक रूपमा नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेछ। अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएमा उनीहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्नेछ।

सामाजिक विकास विभागले सिफारिस गरेका लैङ्गिक हिंसामा परेका व्यक्ति तथा बेवारिसे व्यक्तिका लागि समेत सेवा उपलब्ध हुनेछ। यस्तो सेवा काठमाडौं महानगरपालिका बाहिरका व्यक्तिका लागि समेत उपलब्ध हुने सामाजिक विकास महाशाखा प्रमुख जानकारी सिंहले बताइन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host