Outline Khabar
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
                                                       
No Result
View All Result

वर्षाले रोक्यो जापानविरुद्धको खेल, नेपाल एसियाडको क्वार्टरफाइनलमा

वर्षाले रोक्यो जापानविरुद्धको खेल, नेपाल एसियाडको क्वार्टरफाइनलमा

काठमाडौं। जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार जापानसँगको समूह ‘ए’ को खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह विजेता बन्दै अन्तिम आठमा पुगेको हो।

नेपालले अब क्वार्टरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। आयोजकले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनल खेल मंगलबार हुनेछ।

Subisu

शनिबार बिहान निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा नेपाल र जापानबीच खेल सुरु भएलगत्तै वर्षा भएपछि खेल १५ ओभरमा छोट्याइएको थियो। टसपछि ब्याटिङमा आएको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो। त्यसपछि जापानले ब्याटिङ सुरु गर्नुअघि नै लगातार वर्षा भएपछि खेल अगाडि बढ्न सकेन र अन्ततः रद्द भयो।

नेपालको इनिङ्समा सन्दीप जोराले आक्रामक अर्धशतक बनाए। उनले ३२ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५७ रन बनाए। त्यस्तै लोकेश बमले २२ बलमा १ चौका र ६ छक्कासहित ५२ रनको विस्फोटक इनिङ खेले। आसिफ शेखले २१ रनको योगदान दिए।

१५ ओभरमा १४९ रन बनाएपछि नेपालले जापानसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर, जापानको जवाफी इनिङ सुरु हुन नपाउँदै वर्षाले खेल रोकेपछि दुवै टोलीले पूरा खेल खेल्न पाएनन्।

यससँगै नेपालले समूह ‘ए’ मा शीर्ष स्थान हासिल गरेको छ। समूह चरणमा नेपालले यसअघि अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो। जापान भने अफगानिस्तानसँग ४८ रनले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा जापानविरुद्धको नतिजा आएपछि नेपालले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

एसियाडको पुरुष क्रिकेटमा समूह ‘ए’ र ‘बी’ का शीर्ष दुई टोलीसँगै वरीयताप्राप्त भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका क्वार्टरफाइनलमा प्रवेश गर्ने व्यवस्था छ। आयोजकको तालिकाअनुसार क्वार्टरफाइनल खेल सेप्टेम्बर २८ र २९ मा हुनेछन्।

नेपालका लागि श्रीलंकासँगको खेल महत्वपूर्ण हुनेछ। समूह चरणमा उत्कृष्ट सुरुआत गरेको नेपाल अब अन्तिम आठको खेल जित्दै पदकको दौडलाई थप अघि बढाउने लक्ष्यमा हुनेछ। पुरुष क्रिकेटको सेमिफाइनल अक्टोबर १ तथा कांस्य र स्वर्ण पदकका खेल अक्टोबर ३ मा हुने तालिका छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host