Outline Khabar
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
                                                       
No Result
View All Result

रसुवा बाढीपीडितलाई अस्थायी आवासको विकल्प दिँदै सरकार, भाडामा बस्नेलाई मासिक १५ हजार

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

सुरक्षित जग्गा भएकालाई मोड्युलर घर, जग्गा नभएकालाई सरकारले नै जमिन खोजेर आवास बनाउने

काठमाडौं । रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको छ। प्रभावित परिवारको अवस्था र इच्छाअनुसार भाडामा बस्ने वा मोड्युलर आवासमा बस्ने विकल्प उपलब्ध गराउने तयारी सरकारले गरेको हो।

Subisu

बाढीबाट प्रभावित नागरिक आफैँले कोठा खोजेर बस्न चाहेमा सरकारले चार जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ। चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि थप प्रत्येक सदस्य बराबर मासिक दुई हजार रुपैयाँ थप उपलब्ध गराइनेछ।

यसैगरी, प्रभावित परिवारसँग अन्यत्र सुरक्षित जग्गा भएमा त्यही स्थानमा मोड्युलर घर निर्माण गरी उपलब्ध गराउने सरकारको तयारी छ। सुरक्षित जग्गा नै नभएका परिवारका लागि भने सरकारले आफैँ जग्गा व्यवस्थापन गरेर त्यहाँ मोड्युलर घर निर्माण गर्ने तयारी गरेको छ।

यसका लागि प्रभावित परिवार र उनीहरूको जग्गाको अवस्थासहितको विवरण संकलन भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

जग्गा पहिचानदेखि घर व्यवस्थापनसम्मको काम तीव्र

अस्थायी आवास व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत काम अघि बढाएका छन्।

पूर्वाधार विकास मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले प्रभावित क्षेत्रको आवास आवश्यकताको विवरण संकलन गरिरहेको छ। समितिमा विभिन्न विभागका चार महानिर्देशक तथा बाढी प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरू सदस्य छन्।

सम्बन्धित पालिका प्रमुखहरूले आफ्नो क्षेत्रका प्रभावित नागरिकको आवश्यकता र आवासको अवस्थाबारे समितिलाई विवरण उपलब्ध गराएका छन्। सोही विवरणका आधारमा अस्थायी आवासको व्यवस्थापन अघि बढाउने तयारी भइरहेको छ।

भूमि मन्त्रालयले मोड्युलर आवास निर्माणका लागि आवश्यक सुरक्षित जग्गाको पहिचान गर्ने कामलाई तीव्रता दिएको छ भने पूर्वाधार विकास मन्त्रालयले मोड्युलर घरको व्यवस्थापन र निर्माणसम्बन्धी गृहकार्य अघि बढाएको छ।

सरकारले प्रभावित परिवारलाई एउटै विकल्पमा सीमित नगरी आफैँ भाडामा बस्न चाहनेलाई नगद सहायता र सुरक्षित जग्गा भएका वा सरकारले जग्गा उपलब्ध गराउने परिवारलाई मोड्युलर आवास उपलब्ध गराउने गरी अस्थायी पुनर्स्थापनाको योजना अघि बढाएको हो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host