काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जापानमा हुने एसियाली खेलकुद प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा गरेको छ।
मंगलबार घोषित टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल छन्।
नेपालले प्रतियोगितामा असोज ९ गते अफगानिस्तान र असोज १० गते आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। एसियाली खेलकुद अर्को सातादेखि जापानमा सुरु हुँदैछ।












