काठमाडौं। सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा जनस्वास्थ्यविद् डा सुवास प्याकुरेललाई नियुक्त गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले डा प्याकुरेललाई बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन्। नियुक्तिपछि बिहीबार बिहान मन्त्री मेहताको उपस्थितिमा उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्याकुरेल जनस्वास्थ्य क्षेत्रका विज्ञका रूपमा परिचित छन्। उनको नियुक्तिसँगै स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता, सेवा विस्तार र व्यवस्थापन सुधारका विषयमा बोर्डले नयाँ नेतृत्व पाएको छ।
स्वास्थ्य बिमा बोर्ड स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन, व्यवस्थापन तथा नीतिगत समन्वय गर्ने प्रमुख निकाय हो।












