काठमाडौं। आज मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरिएको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप नेपाल चिकित्सक संघको आह्वानमा देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको गरिएको हो। योसँगै अस्पतालमा ओपिडी सेवा पनि बन्द भएका छन्।
साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारबाही गर्न माग गरेको थियो।
आक्रमणबाट डा प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूमाथि समेत सांघातिक आक्रमण गर्नेमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ अनुसार कारबाही गर्न माग गरेको छ।












