काठमाडौं। सरकारले कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्त गरेको छ।
विश्वविद्यालयको सिनेटले बुधबार उपकुलपतिमा प्राडा सुनिलकुमार जोशी र रजिष्ट्रार डा भीमबहादुर चन्दलाई नियुक्त गरेका हो। जोशी यसअघि पनि उपकुलपति थिए। तर, गत जेठमा सरकारले अध्यादेश ल्याएर राजनीतिक नियुक्ति खारेज गर्दा उनी पनि पदमुक्त भएका थिए।
तर, बुधबारको सिनेटले जोशीलाई उपकुलपतिमा तथा डा चन्दलाई रजिष्ट्रारमा नियुक्त गरेको हो। उनीहरुले बुधबार नै शपथ लिएका छन्।
शिक्षामन्त्री सस्मित मन्त्री पोखरेलले मेडिकल क्षेत्रका १० जना विज्ञको सिफारिस प्रक्रिया १० जना मेडिकल क्षेत्रकै विज्ञबाट गरिएको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको बताए। ।












