काठमाडौँ। विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने महत्त्वपूर्ण औषधिहरूको अभाव देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले एक सूचना जारी गर्दै बजारमा सिमित उपलब्धता भएका औषधिहरू बिरामीले सहजै पाउन सकून् भनेर देशका विभिन्न ११ वटा स्वास्थ्य संस्था एवं डिष्ट्रीब्युटर्सहरू तोकेको हो।
विभागका अनुसार हाल क्यान्सर उपचारमा अत्यावश्यक मानिने Cisplatin Injection तथा Carboplatin Injection लगायतका औषधिहरूको बजारमा अभाव देखिएको छ।
पुर्जा (Prescription) लिएर सम्पर्क गर्न आग्रहक्यान्सर रोगीहरूको उपचारमा सहजता ल्याउन विभागले सरोकारवाला र आयातकर्ताहरूसँग आवश्यक समन्वय गरिरहेको जनाएको छ।
बिरामीहरूले औषधिको पुर्जा (Prescription) सहित तोकिएका स्वास्थ्य संस्थाका सम्पर्क व्यक्तिहरूसँग समन्वय गरी औषधि प्राप्त गर्न सक्नेछन्।
साथै, विभागले ती संस्थाहरूलाई औषधिको मौज्दात र वितरणको स्पष्ट अभिलेख राख्न समेत निर्देशन दिएको छ।
औषधि उपलब्ध हुने संस्थाहरू र सम्पर्क व्यक्तिको सूची
जानकी अस्पताल प्रा.लि.नेपालगन्ज रंजित राजवंशी ९८५८०४३२१०२
पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड सुकेम भट्टराई ९८२४०१०४५६३
विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर सुरज निरौला ९७०९१५४९०६४
बबिना फर्मा प्रा. लि.पोखरा बिरबहादुर थापा ९८५६०२१३७५५
पुनम फार्मेसी धरान यूवराज बस्नेत ९८०४०१४४०३६
राज ड्रग प्रा. लि.भरतपुर राजीव थापा ९८४१३०२०४५७
मल्ल फर्मास्युटिकल्स प्रा. लि.पोखरा रुद्र मल्ल ९८५६०२०११७८
ताज नेपाल प्रा. लि. काठमाडौँ तारिक राना ९८५१००३४९६९
DKM फर्मास्युटिकल्स प्रा. लि. काठमाडौँ सुरज कुमार टिवडेवाल ९८५१०३५८७८१०
सिजल फर्मा काठमाडौँ अन्जन पुडासैनी ९८०२०१७८५८११
अनमोल हेल्थ केयर काठमाडौँ मोहम्मद कमाल उज्जामा ९८०१२४३९२३












