Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

निजी स्कुलमा पढ्न र उपचार गराउन उपभोक्ताले ३ प्रतिशत कर तिर्नुपर्ने, सेवाग्राहीमाथि थप भार

निजी स्कुलमा पढ्न र उपचार गराउन उपभोक्ताले ३ प्रतिशत कर तिर्नुपर्ने, सेवाग्राहीमाथि थप भार

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि ल्याएको आर्थिक विधेयकमार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ करको व्यवस्था गरेको छ।

‘शिक्षा समता शुल्क’ र ‘स्वास्थ्य समता शुल्क’ नाम दिइएको उक्त व्यवस्थाअनुसार निजी क्षेत्रबाट प्रदान हुने शिक्षा तथा स्वास्थ्य सेवामा ३ प्रतिशत अतिरिक्त शुल्क लाग्ने भएको हो।

Subisu

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमा निजी विद्यालय, कलेज, विश्वविद्यालय, प्राविधिक शिक्षालय तथा निजी अस्पतालहरूले सेवाग्राहीबाट असुल गर्ने शुल्कमा ३ प्रतिशत ‘समता शुल्क’ उठाउनुपर्ने व्यवस्था गरिएको छ।

विधेयकअनुसार निजी शिक्षण संस्थाले विद्यार्थीबाट लिने ट्युसन फी, भर्ना शुल्क, प्रयोगशाला शुल्क लगायत सबै प्रकारका शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ लाग्नेछ। यद्यपि सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित संस्थाहरूलाई भने यो शुल्कबाट छुट दिइएको छ।

त्यस्तै निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य सेवा प्रदायकहरूले बिरामीसँग लिने उपचार, परीक्षण, परामर्श र अन्य सेवा शुल्कमा पनि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ असुल गर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारले यसरी संकलित रकम गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न, पूर्वाधार निर्माण गर्न तथा सामाजिक समानता प्रवर्द्धनमा खर्च गरिने जनाएको छ। सरकारले निजी क्षेत्रबाट नाफामुखी रूपमा सञ्चालन भइरहेका आधारभूत सेवाबाट सामाजिक उत्तरदायित्वका लागि योगदान जुटाउने उद्देश्य राखेको दाबी गरेको छ।

तर सरकारको यो निर्णयले सेवाग्राही नागरिकमाथि थप आर्थिक भार पर्ने चिन्ता पनि बढाएको छ। निजी विद्यालय र अस्पतालहरूले अतिरिक्त ३ प्रतिशत शुल्क प्रत्यक्ष रूपमा विद्यार्थी र बिरामीबाटै उठाउने भएकाले शिक्षा र स्वास्थ्य सेवा अझ महँगो हुन सक्ने सरोकारवालाहरूको आशंका छ।

विशेषगरी महँगो निजी विद्यालयमा अध्ययन गरिरहेका अभिभावक र निजी अस्पतालमा उपचार गराइरहेका बिरामीहरूले प्रत्यक्ष रूपमा अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था आउने देखिएको छ।

विधेयकले शुल्क असुली र दाखिलासम्बन्धी स्पष्ट प्रक्रिया समेत तोकेको छ। सेवा प्रदायकहरूले सेवा दिँदा अनिवार्य रूपमा बिल जारी गर्नुपर्नेछ भने उठाइएको रकम चौमासिक रूपमा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्नेछ। चौमासिक अवधि समाप्त भएको २५ दिनभित्र रकम दाखिला गरिसक्नुपर्ने प्रावधान राखिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host