Outline Khabar
बुधबार, बैशाख ३०, २०८३
Wednesday, May 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख ३०, २०८३
Wednesday, May 13, 2026
                                                       
No Result
View All Result

डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ देखि डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा ई–लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री तथा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सिकाइ प्रणाली विस्तार गरिने जनाइएको छ।

सरकारले १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र एआई आधारित सिकाइ प्रणाली विस्तार गर्ने योजना अघि सारिएको छ।

Subisu

नीति तथा कार्यक्रममा माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने घोषणा गरिएको छ।

सरकारले पुस्तक, दिवा खाजा र पोशाकको सहज वितरणसहित शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउने जनाएको छ। साथै, सबै तहको पाठ्यक्रमलाई समयसापेक्ष पुनरावलोकन गरिने नीति लिइएको छ।

शिक्षालाई समता र समृद्धिको आधारको रुपमा व्याख्या गरिने सरकारको नीति रहेको छ।

सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई सेवामुखी तथा गुणस्तरकेन्द्रित बनाउन प्रभावकारी नियमन गरिने उल्लेख गरिएको छ।

उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गर्दै विश्वविद्यालयको प्राज्ञिक तथा शासकीय पुनःसंरचना गरिने नीति सरकारले लिएको छ । विद्यालय नक्सांकन, समायोजन, शिक्षक दरबन्दी मिलान, पुस्तकालय तथा प्रयोगशाला सुधारलाई एकीकृत योजनामार्फत कार्यान्वयन गरिनेछ।

विपन्न, सिमान्तकृत, दलित, आदिवासी, जनजाति, अपाङ्गता भएका तथा पिछडिएका क्षेत्रका बालबालिकाका लागि गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गरिने सरकारको प्रतिबद्धता छ। स्वास्थ्य, पोषण, छात्रवृत्ति, आवासीय सुविधा तथा सुरक्षित सिकाइ वातावरणलाई थप सुदृढ गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

अटिजम तथा न्यूरोडाइभर्सिटी भएका बालबालिकाका लागि थेरापी सेवा, सहायक प्रविधि, विशेष तालिमप्राप्त शिक्षक तथा समावेशी शिक्षा प्रणाली विकास गरिने जनाइएको छ।

सरकारले सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित बनाउँदै डिजिटल प्रणालीमार्फत सिधै बैंक खातामा भुक्तानी हुने व्यवस्था मिलाउने जनाएको छ। शिक्षक नियुक्ति, पदोन्नति तथा मूल्यांकन प्रणालीलाई पारदर्शी र योग्यतामा आधारित बनाइने तथा शिक्षकको पेशागत विकास, व्यवस्थापन र उचित पारिश्रमिक सुनिश्चित गरिने नीति सरकारले लिएको छ।

उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने तथा विद्यालय शिक्षालाई सिकाइमुखी बनाउन पाठ्यक्रम, मूल्यांकन र प्रमाणीकरण प्रणालीको पुनरावलोकन एवं सुधार गरिनेछ।

खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन तथा अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। खेल क्षेत्रको व्यवसायीकरण, निजी क्षेत्रको सहभागिता तथा खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने सरकारको योजना छ।

यस्तै, राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरी डिजिटल साक्षरता, समुदाय सेवा, नवप्रवद्र्धन तथा स्थानीय विकासमा युवालाई परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झारियो, अब प्रविधि तथा नवप्रवर्तन मन्त्रालय पनि

ऊर्जामन्त्रीले प्राधिकरणमा नियुक्त गरे दुई सञ्चालक, श्रेष्ठलाई कायममुकायमको जिम्मेवारी

ऊर्जामन्त्रीले प्राधिकरणमा नियुक्त गरे दुई सञ्चालक, श्रेष्ठलाई कायममुकायमको जिम्मेवारी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, भोलि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

रास्वपाको पहिलो महाधिवेशन असारमा,चितवनमा शक्ति प्रदर्शन गर्ने तयारी

रास्वपाको पहिलो महाधिवेशन असारमा,चितवनमा शक्ति प्रदर्शन गर्ने तयारी

स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरण: इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे सिन्धुलीबाट पक्राउ

स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरण: इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे सिन्धुलीबाट पक्राउ

संसदमा प्रतिपक्षले भन्यो- सरकार फेसबुकमा भेटिने, सदनमा नसुनिने भयो

संसदमा प्रतिपक्षले भन्यो- सरकार फेसबुकमा भेटिने, सदनमा नसुनिने भयो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host