Outline Khabar
शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
                                                       
No Result
View All Result

दलीय प्रभावमुक्त प्रशासनका लागि १२ ट्रेड युनियन खारेज, (सूचीसहित)

राष्ट्रपतिले अध्यादेश सदर गरेपछि सरकारले सिफारिस गर्‍यो संसद अधिवेशन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सार्वजनिक प्रशासनलाई दलीय प्रभावबाट मुक्त बनाउने उद्देश्यसहित निजामती तथा स्वास्थ्य सेवामा क्रियाशील १२ वटा ट्रेड युनियन खारेज गरेको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ कार्यान्वयनमा आएपछि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले ती युनियनहरूको दर्ता रद्द गरेको हो।

Subisu

सरकारले सुशासन कायम गर्ने, प्रशासनिक हस्तक्षेप घटाउने र कर्मचारीलाई राजनीतिक दलको प्रभावबाट अलग राख्ने लक्ष्यसहित यो निर्णय लिएको जनाएको छ। रास्वपाको १०० बुँदे कार्यसूचीमा समेत यो विषय समावेश रहेको थियो। प्रधानमन्त्री बालेन शाहले यसलाई प्रणाली जोगाउने र प्रशासन शुद्धीकरण गर्ने प्रयास भनेका थिए।

कुन–कुन युनियन खारेज भए?

अध्यादेश कार्यान्वयनसँगै ८ वटा निजामती र ४ वटा स्वास्थ्य सेवासम्बद्ध राष्ट्रिय स्तरका ट्रेड युनियन खारेज भएका छन्। तीमध्ये नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन लगायत छन्। स्वास्थ्यतर्फ नेपाल स्वास्थ्यकर्मी युनियन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ लगायतका संगठन पनि खारेजमा परेका छन्।

यी सबै दलीय आबद्ध ट्रेड युनियन रहेको सरकारले उल्लेख गरेको छ। अब निजामती, स्वास्थ्य सेवा तथा संघीय संसद् सचिवालयका कर्मचारीले ट्रेड युनियन गठन गर्न नपाउने व्यवस्था गरिएको छ।

अध्यादेशमार्फत् २० वटा ऐन संशोधन गरिएका छन्। विशेषगरी निजामती सेवा ऐन, २०४९ को दफा ५३ (ट्रेड युनियनसम्बन्धी प्रावधान) हटाइएको छ। त्यसपछि श्रम विभागले युनियनहरूको दर्ता खारेज गर्दै सूचना जारी गरेको हो। साथै, सरकारी कार्यालयभित्र रहेका युनियनका कार्यालय तत्काल बन्द गर्न र प्रयोगमा रहेका सरकारी सम्पत्ति फिर्ता गर्न निर्देशन दिइएको छ।

अब कर्मचारीका गुनासा कसरी सुनिन्छन्?

सरकारले वैकल्पिक व्यवस्था पनि ल्याएको छ। कर्मचारीले अब आफ्नो गुनासो सिधै कार्यालय प्रमुखसमक्ष राख्न सक्नेछन्। ३० दिनभित्र समस्या समाधान नभए माथिल्लो निकायले १५ दिनभित्र निर्णय दिनुपर्ने प्रावधान राखिएको छ। चित्त नबुझे पुनरावेदनको बाटो खुला रहनेछ। निर्णयप्रति कर्मचारी संगठनहरूले आपत्ति जनाएका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

राष्ट्रपतिले अध्यादेश सदर गरेपछि सरकारले सिफारिस गर्‍यो संसद अधिवेशन

विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय

गगनले आयोगमा बुझाए नयाँ कार्यसमिति गठनबारे विवरण

कांग्रेस सभापति थापा भन्छन्- व्यवस्थापनका नाममा कानुनबाहिर गएर डोजर चलाउने शैली स्वीकार्य हुँदैन

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

घेराबन्दी र प्रहारलाई सामाना गर्ने क्षमता एमालेमा छः शंकर पोखरेल

एमालेले भन्यो- न्यायालयलाई सरकारको प्रभाव क्षेत्र बनाउन खोजियो, मुलुक अधिनायकवादतर्फ धकेलिने जोखिम

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

आठ विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

सर्वाेच्चमा इतिहास ब्रेक, चौथो रोलक्रमका शर्मा बने प्रधानन्यायाधीश

प्रधानन्यायाधीश सिफारिसमा कांग्रेसको आपत्ति: ‘शक्ति पृथकीकरणको सिद्धान्त ध्वस्त पारियो, प्रधानमन्त्री राजा होइनन्’

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host