काठमाडौँ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा हालै गरिएको मूल्यवृद्धिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कडा आपत्ति जनाएको छ। पार्टीले विज्ञप्ती जारी गर्दै मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर पारेको उल्लेख गरेको छ।
विज्ञप्तीमा पेट्रोलियम पदार्थको बढ्दो मूल्यले महँगी अझै चुलिँदै जाने, यातायातदेखि उपभोग्य वस्तुसम्मको मूल्यमा दबाब पर्ने र आर्थिक रूपमा कमजोर वर्ग सबैभन्दा बढी प्रभावित हुने बताइएको छ। यस्तो अवस्थामा सरकारले तत्काल हस्तक्षेप गरी राहत दिनुपर्ने पार्टीको माग छ।
उज्यालो नेपाल पार्टीले निम्न ६ बुँदे माग अघि सारेको छः
१. पेट्रोलियम पदार्थमा लागेका कर, भन्सार, पूर्वाधार कर तथा अन्य शुल्कको तत्काल पुनरावलोकन गरी खुद्रा मूल्य घटाउने निर्णय गरियोस्।
२. मूल्य स्थिरीकरणका लागि उपलब्ध कोषहरू जनतालाई राहत दिन तत्काल प्रयोग गरियोस्।
३. नेपाल र भारतका सीमावर्ती बजारबीचको अस्वाभाविक मूल्य अन्तर घटाउन विशेष मूल्य समानीकरण संयन्त्र बनाइयोस्।
४. चोरीपैठारी, कालोबजारी, कृत्रिम अभाव र कार्टेलिङ नियन्त्रणका लागि संयुक्त अनुगमन अभियान सञ्चालन गरियोस्।
५. विद्युतीय चुलो, विद्युतीय सवारीसाधन र स्वदेशी ऊर्जा प्रयोगमा लक्षित सहुलियत दिई पेट्रोलियम निर्भरता घटाइयोस्।
६. नेपाल आयल निगम को वास्तविक परल मूल्य, कर संरचना, नाफा–नोक्सान र मूल्य समायोजनको आधार पूर्ण पारदर्शितासहित नियमित रूपमा सार्वजनिक गरियोस्।



![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)






![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

