काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।
कोशी प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ। बाँकी पहाड र तराईमा मौसम मूख्यतया सफा छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशीका पहाडी र हिमाली भूभागका थोरै स्थान,कोशीका तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा हावाहुरीको आकलन गरिएको छ।
राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने देखिन्छ। विभागका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थान, बाँकी हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।












