काठमाडौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार बिहानबाट देशभर एकसाथ सुरु भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार १ हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजे एसईई परीक्षा सुरु भएको हो।
परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी छन्। जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना छन्।
यस वर्षको एसईई परीक्षार्थीमा छात्राको सङ्ख्या बढी छ। २ लाख ५७ हजार ६१३ छात्रा हुँदा छात्रको संख्या २ लाख ५४ हजार ८०१ छ। अन्य ७ जना छन्।
जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन्।
यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सुरु गरिसक्ने योजना छ। उत्तरपुस्तिका परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर परीक्षण गर्न भनिएको छ।












