Outline Khabar
बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026
                                                       
No Result
View All Result

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

पोखरा।  सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्। शुक्रबार इभन-पार ६९ खेलेका उनले समग्रमा ३-अन्डर २ सय ४ को स्कोरमा सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल रहे।

उनको यो करियर १४औं उपाधि हो। उपाधिसँगै उनले नगद १ लाख ७० हजार प्राप्त गरे। यसअघि यो सिजनमा उनले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप र सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए।

Subisu

आज ४-अन्डर ६५ खेल्दै समग्रमा २-अन्डर २ सय ५ को स्कोरमा सञ्जय दोस्रो भए। उनले नगद १ लाख २५ हजार हात पारे। एमेच्योर राहुल विश्वकर्माले ४-अन्डर ६५ को स्कोरकार्ड बनाए। समग्रमा १-अन्डर २ सय ६ सहित तेस्रो भए।

धरानका गल्फर शुक्र बहादुर राईले ४-ओभर ७३ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा २-ओभर २ सय ९ सहित चौथो भए। प्रोतर्फ तेस्रो भएका उनले नगद १ लाख आफ्नो नाममा लेखाए। जयराम श्रेष्ठले आज ६-ओभर ७५ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा ७-ओभर २ सय १४ सहित पाँचौं स्थानमा चित्त बुझाए। उनले ८२ हजार प्राप्त गरे।

पोखराका घरेलु गल्फर भुबहादुर गुरुङ छैटौं भए। उनले समग्रमा ८-ओभर २ सय १५ स्कोर बनाए। आजको खेल ३-ओभर ७२ मा पुरा गरे। उनले नगद ७२ हजार पाए।‌ समग्रमा १०-ओभर २ सय १७ सहित भुवन कुमार रोक्का र दिनेश प्रजापतिले संयुक्तरुपमा सातौं स्थान बाँडे। भुवनले ३-ओभर ७२ र दिनेशले २-अन्डर ६७ को स्कोर निकाले। उनीहरूले समान ६५ हजार प्राप्त गरे।

यस्तै समग्रमा १२-ओभर २ सय १९ बनाएका तोरण विक्रम शाही नवौं हुँदै ५१ हजारको हकदार बने। आज उनले २-ओभर ७१ मा खेल सकाए। १३-ओभर २ सय २० स्कोर बनाएका रमेश अधिकारी र सुरेश तामाङ संयुक्तरुपमा दशौं भए। आज रमेशले ७-ओभर ७६ र सुरेशले ६-ओभर ७५ मा खेल सकाए। उनिहरुले ४४ हजार नगद पुरस्कार हात पारे।

भुवनसँग अन्तिम १८ होलको खेल सकिंदा मात्र १ स्ट्रोकको अग्रता थियो। तर शुक्र र जयरामले सुरूवातदेखि नै खेल बिगार्दा भुवनलाई सजिलो भयो। छैटौं होलमा बोगी खेपेका उनले आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। यसपछि बाकी नौ होलमा शुक्र र जयरामले टक्कर दिन नसके पनि सञ्जय लामाले चुनौती दिएका थिए। तर भुवनले ब्याक नाइन पनि इभन-पार ३५ मा सकाउँदै एक स्ट्रोकको जित निकाल्न सफल भएका हुन्। भुवनले १० औं र १३ औं होलमा बर्डी तथा १२ औं र १७ औं होलमा एक-एक सट खेर फाले।

सञ्जयले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाउने क्रममा पहिलो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। दोस्रो र छैटौ होलमा एक-एक सट खेर फाले। ब्याक नाइनमा उनले पाँच वटा होलमा बर्डी प्रहार गरे। १० औं होलमा र यसपछि १४ देखि १७ होलसम्म लगातार चार बर्डी प्रहार गरे। तर १२ औं र १८ औं होलको बोगीले ब्याक नाइन ३-अन्डर ३२ मा पुरा गरे।

एमेच्योर राहुलले सातौं होलको बोगीका विरूद्ध पहिलो र पाँचौं होलमा एक-एक सट बचाए। फ्रन्ट नाइन १-अन्डर ३३ खेले। यसपछि ४-पारको १३ औं होलमा इगलको सफलता प्राप्त गरेका उनले १६ औं र १७ औं होलमा बर्डी प्रहार गर्दा १८ औं होलमा बोगी खेपे। उनले एमेच्योरतर्फको उपाधि जिते। किशन परियारलाई २२ स्ट्रोकले हराए। किशन दोस्रो भए। उनले समग्रमा २१-ओभर २ सय २८ को नतिजामा प्रतियोगिता पुरा गरे।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटि जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे। नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो। सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको थियो। कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगितामा शीर्ष १८ स्थान सम्मका प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरे।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

इरानमाथि थप आक्रमणको चेतावनी दिँदै ट्रम्पले भने- ‘मुख्य सैन्य लक्ष्य पूरा हुने चरणमा’

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

आजदेखि सुरु हुँदैछ संसद अधिवेशन, २२ फागुनभित्र सभामुख पाउने

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

देशभर एकसाथ सुरु भयो एसईई, परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँचिने

आज धेरै ठाउँमा मौसम सफा रहेन, काठमाडौंमा बिहानदेखि लाग्यो घाम

आज धेरै ठाउँमा मौसम सफा रहेन, काठमाडौंमा बिहानदेखि लाग्यो घाम

नेपालमा एक महिनामा सवा १ लाख पर्यटक, युरोप र अमेरिकाबाट आगमन बढेन

नेपालमा एक महिनामा सवा १ लाख पर्यटक, युरोप र अमेरिकाबाट आगमन बढेन

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host