Outline Khabar
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
                                                       
No Result
View All Result

काठमाडौं महानगर र वीरबीच सहकार्य: स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

काठमाडौं महानगर र वीरबीच सहकार्य: स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

काठमाडौं। काठमाडौं महानगरपालिकाले महिलामा बढ्दो स्तन तथा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गर्न निःशुल्क परीक्षण र प्रारम्भिक उपचार सेवा विस्तारका लागि वीर अस्पतालसँग सहकार्य सुरु गरेको छ।

महानगर र वीर अस्पतालबीच भएको नयाँ सम्झौताले नियमित स्वास्थ्य परीक्षणलाई स्थानीय तहको पहुँचसँग जोड्ने लक्ष्य राखेको छ।

Subisu

काठमाडौँमा आयोजित कार्यक्रममा महानगरका स्वास्थ्य विभाग प्रमुख दिपककुमार केसी र वीर अस्पतालका निर्देशक दिलिप शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं उपस्थित थिए।

सम्झौतापछि कार्यवाहक मेयर डंगोलले सेवा कार्यालयमा काम गर्ने महिला, गृहिणी तथा विभिन्न पेशामा आबद्ध महिलाले सहज रूपमा उपयोग गर्न सक्ने गरी समय व्यवस्थापन गर्न निर्देशन दिइन्। उनले धेरै समय कुर्न नपर्ने, सेवा सरल र पहुँचयोग्य बनाउनुपर्ने तथा अपाङ्गता भएका महिलाका लागि विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।

उनले नियमित परीक्षणलाई क्यान्सरबाट बच्ने महत्वपूर्ण उपाय बताउँदै महिलामाझ अझै रहेका भ्रम हटाउन पर्याप्त जनचेतना आवश्यक रहेको उल्लेख गरिन्।

वीर अस्पतालका निर्देशक प्राडा शर्माले गत वर्षको अनुभवका आधारमा यस वर्ष कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताए। लक्षण नदेखिँदै परीक्षण गराउनुपर्ने चेतना अभावका कारण धेरै बिरामी ढिलो चरणमा अस्पताल पुग्ने गरेको उनको भनाइ थियो।

महानगरका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिला, गत वर्ष परीक्षणबाट छुटेका महिला तथा यसअघि पोजेटिभ देखिएका महिलालाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिनेछ। चैत १६ गतेदेखि सुरु हुने कार्यक्रममा दैनिक १०० देखि १२० जनासम्म परीक्षण गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमकी फोकल पर्सन चन्द्रा भट्टका अनुसार परीक्षणका लागि पहिले नजिकको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा विवरण दर्ता गर्नुपर्छ। त्यहाँबाट प्राप्त रेफरल स्लिपमा उल्लेख गरिएको मिति र समयमा अस्पताल पुग्नुपर्ने व्यवस्था गरिएको छ।

स्तन क्यान्सर परीक्षणमा क्लिनिकल जाँच गरिनेछ। प्रारम्भिक शंका देखिए अल्ट्रासाउन्ड र आवश्यक परे मेमोग्राफी गरिनेछ। पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपीभी डीएनए पिसिआर परीक्षण हुनेछ, जसमा पोजेटिभ देखिए कल्पोस्कोपी र बायोप्सीमार्फत थप उपचार प्रक्रिया अघि बढाइनेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अर्थमन्त्रीका निर्वाचन क्षेत्रका पण्डित बने डेपुटी गभर्नर, डेपुटी गभर्नरको अर्काे पदमा अझै गरिएन नियुक्ति

अर्थमन्त्रीका निर्वाचन क्षेत्रका पण्डित बने डेपुटी गभर्नर, डेपुटी गभर्नरको अर्काे पदमा अझै गरिएन नियुक्ति

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापनबारे अन्तरिम आदेशका लागि सुनुवाई गर्न सरकारलाई सर्वाेच्चले झिकायो

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारी कर्मचारीको इन्धन कटौती, मन्त्री र संवैधानिक पदाधिकारीको इन्धन सुविधामा चलेन कैँची

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

बिहीबारसम्म मुद्दा दायर नभए ओली र लेखक रिहा हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host