काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट बिहीबार बिहान मतदान गरेकी छन्।
मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदै छ, म अत्यन्त खुसी छु।’
त्यस्तै, कार्कीले अमूल्य मताधिकार प्रयोग गर्न पनि आह्वान गरेकी छन्। ‘आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु, प्रधानमन्त्री कार्कीले फेसबुकमा लेखेकी छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् देशमा पहिलोपटक प्रतिनिधि सभा निर्वाचन भइरहेको हो।












