Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

देशलाई अब दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

काठमाडौं महानगरको प्राथमिकतामा खर्च कटौती

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भूकम्प सुरक्षा दिवसको अवसरमा नेपालजस्तो भूकम्पीय जोखिमयुक्त देशको विकास सिभिल इन्जिनियरिङको दृष्टिकोणबाट मात्र सम्भव नहुने बताएका छन्। २०७२ सालको विनाशकारी भूकम्पपछिको अनुभवले आफूलाई यो स्पष्ट बुझाइ दिलाएको उनको भनाइ छ।

भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा देशका विभिन्न भागमा काम गरेको स्मरण गर्दै उनले काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरिएको जानकारी दिए। त्यसपछि गोरखादेखि देशका ३५ भन्दा बढी जिल्लामा काम गर्ने अवसर पाएको उल्लेख गर्दै उनले अब कहिल्यै पनि त्यस्तो पीडादायी दिन नआओस् भन्ने कामना व्यक्त गरे।

Subisu

नेपालका विभिन्न भौगोलिक क्षेत्र र सामाजिक विविधताबीच काम गर्दा राष्ट्र निर्माण केवल संरचना निर्माणमा सीमित नहुने उनले स्पष्ट पारे। “राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास हो, र यी दुईलाई जोड्ने सेतुको बलियो आधार निर्माण गर्नु आवश्यक छ,” उनले भने।

सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासबीचको सामञ्जस्य, जिम्मेवार नीति र इमानदार नेतृत्व अपरिहार्य रहेको बालेनको भनाइ छ। यही बुझाइका आधारमा भारतमा गएर स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको र अध्ययनपछि सुविधा सम्पन्न देशमा बसेर काम गर्ने अवसर हुँदाहुँदै पनि देश फर्किने निर्णय गरेको उनले बताए।

नागरिकको विश्वासका कारण काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा शब्दभन्दा कामलाई प्राथमिकता दिएको उल्लेख गर्दै बालेनले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आमजनताको सुविधाका लागि प्रभावकारी काम गर्न सकिन्छ भन्ने प्रमाणित गरिएको दाबी गरे। महानगरबाट पारदर्शी प्रणाली, संरचनागत सुधार र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सेवाको सुरुवात भएको उनले बताए।

उनले अब महानगरमा सुरु भएका सुधार र अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको पनि बताए। “विकास भनेको सडक, भवन र ठूला संरचना मात्रै होइन, सुरक्षित संरचना, जनताको आशा जोगाउने नीति र देशमै केही गर्न सकिन्छ भन्ने वातावरण निर्माण हो,” उनले भने।

देशलाई अब अल्पकालीन निर्णयभन्दा दीर्घकालीन दृष्टिकोण, लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व आवश्यक रहेको उनको जोड छ। राजनीति प्रवेशको मूल उद्देश्य नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउनु रहेको उल्लेख गर्दै उनले संकट आउनुअघि तयारी हुने नीति, विपद् सहन सक्ने संरचना र जनताको विश्वास जित्ने शासन प्रणाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

“यो अभियान कुनै एक व्यक्तिको होइन, सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो,” बालेन शाहले भने, “अब सबैको साथ, सहयोग र विश्वाससहित राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ।”

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host