काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरेको छ। बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले दुवै महामन्त्रीलाई निष्कासन गर्ने निर्णय गरेको छ।
कांग्रेसले दुवै महामन्त्रीसँगै सह-महामन्त्री फर्मूल्लाह मंसूरलाई पनि कारबाही गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत विशेष महाधिवेशन गरेकाले उनीहरूलाई कारबाही गरिएको जनाइएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तीनै जनालाई कारबाही गरिएको प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘नेपाली कांग्रेसको विधान २०१७ धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ देहायको खण्ड घ र ङ बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्काशन गरिएको छ।’












