काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद मिलाउन पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच निर्णायक वार्ता हुँदैछ ।
वार्ताका लागि महामन्त्रीद्वय थापा र शर्मा देउवा निवास महाराजगन्ज पुगेका हुन् । यसअघि पटकपटक वार्ता समितिमार्फत छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।
मंगलबार भएका वार्ता र छलफलमा अन्य विषयमा संस्थापन पक्ष लचक भए पनि सभापति देउवाले नेतृत्व छोड्नु पर्ने विषयमा सहमत नभएपछि कुरा मिलेको थिएन ।












